बिद्या भण्डारीलाई राष्ट्रपतिमा निर्वाचित गरे पछी मात्र सरकार विस्तार गर्ने ओलीले सुनाए यस्तो योजना



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति चयनअघि सरकारलाई पूर्णता नदिने भएका छन्। आफ्नै पार्टीभित्रको सन्तुलन बिग्रिने डरले ओलीले सरकार विस्तारमा ढिलाइ गरेको एमालेका एक नेताले बताए।

बाहिरबाट हेर्दा संघीय समाजवादी फोरमसँग कुरा नमिलेका कारण सरकार विस्तारमा ढिलाइ जस्तो देखिए पनि आन्तरिक रुपमा ओलीले राष्ट्रपति निर्वाचनका कारण सरकार विस्तारमा ढिलाइ गरेका छन्।

‘प्रधानमन्त्रीको चाहना सकभर राष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार गर्ने छ, त्यसो नभएमा पनि मनोनयन दर्ताअघि त सरकार विस्तार हुँदैन’, एमाले स्थायीका एक सदस्यले भने।
राष्ट्रपतिका लागि २३ फागुनमा उम्मेदवारी दर्ता र २९ फागुनमा निर्वाचन हुँदैछ।

प्रधानमन्त्री ओली वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिन चाहन्छन्, जुन पार्टीको आन्तरिक शक्ति सन्तुलनमा अघिल्लो पटक जति सहज छैन।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफू राष्ट्रपतिका लागि इच्छुक भएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुका साथै आन्तरिक पहल तीब्र पारेपछि ओली अप्ठेरोमा परेका छन्।

बरिष्ठ नेता माधव नेपाललाई विश्वासमा लिने प्रयासमा रहेका प्रधानमन्त्री ओलीले मन्त्री छनोटका कारण उनी नचिढियून् भन्ने नीति बनाएका हुन्।
३ फागुनमा आफैले अगाडि सारेका रघुवीर महासेठलाई पन्छाएर बरिष्ठ नेता नेपालले भने अनुसार लालबाबु पण्डितलाई मन्त्री बनाएका प्रधानमन्त्री ओलीका लागि थप मन्त्री छनोट झन् जटिल बन्दै गएको छ।

नेपाललाई टाढा जान नदिनका लागि उनको कोटाबाट मन्त्री बनाउने तर सक्रिय र सम्भावना भएका व्यक्ति नभएर सामान्य कार्यकर्तालाई मौका दिने ओलीको नीति रहेको बुझाइ नेपाल पक्षको छ।

अहिले उपाध्यक्ष वामदेव गौतमले रघुवीर महासेठलाई मन्त्री बनाउन दबाब दिइरहेका छन्। महासेठ नभएमा बलराम बाँस्कोटाको नाम अघि सारिरहेका गौतम पनि मन्त्री नपाएमा झन् चिढिने र राष्ट्रपतिको उम्मेदवार छनोटमा असर पर्ने बुझाइ बालुवाटारको छ।

माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम एक ठाउँमा उभिए भने प्रधानमन्त्री ओलीसँग एमाले स्थायी समितिमा बहुमत रहँदैन।

‘यदि यसपटक उहाँले चाहे अनुसार नै विद्या भण्डारी उम्मेदवार बन्नुभएछ भने पनि पहिला जस्तो सजिलो हुँदैन, अघिल्लो पटक सर्वसम्मत भइसकेको व्यक्तिका नाममा यसपटक मतदान हुनु राम्रो हुँदैन’, माधव नेपाल पक्षीय एमालेका एक नेता भन्छन्, ‘त्यसमा पनि राष्ट्रपति भइसकेको व्यक्ति विवादित बनेर उम्मेदवार बन्दा मजा आउँदैन।’

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...