ओलीको खल्तीमा मन्त्री बन्नेका यी नाम भेटीए,अझै नाम छाँट-काँट गर्दैछन् ओली,मन्त्रीलाई सपथ खुवाउदैछन् भोली



मन्त्रीको आकांक्षी रहेका एमाले नेता तथा सांसदहरुको नजर प्रधानमन्त्री केपी शर्मा ओलीतिर छ । पार्टी स्थायी कमिटीले नै मन्त्री छान्ने जिम्मा ओलीलाई दिएको र ओली यसपटक आफू सफल हुने गरी टिम बनाउने मुडमा रहेकाले कसलाई छान्छन् भन्ने अनुमान लगाउन कसैले सकिरहेका छैनन् ।

संघीय समाजवादी फोरम सरकारमा सहभागी हुन लागेको अवस्थामा एमालेले अब बढीमा ५ मन्त्रालय पाउनेछ । अन्य पार्टीलाई बाँड्दाबाँड्दै एमालेको भागमा मन्त्रालय नै नरहेने अवस्था आएको एक पदाधिकारीले बताए । बढीमा ५ मन्त्रालयका लागि पार्टीमा दर्जनौं सांसदहरुको दौडधूप छ । त्यस्तै पार्टीका प्रभावशाली पदाधिकारी र स्थायी कमिटी सदस्यहरु मन्त्रीको दौडमा छन् ।

एमालेका १४ पदाधिकारीमध्ये उपाध्यक्षत्रय बामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सचिवद्वय भीम आचार्य तथा पृथ्वीसुब्बा गुरुङ बाहेक सबैजना मन्त्रीका आकांक्षी हुन् । गौतम र ज्ञवाली सांसद नै छैनन् भने शाक्य, आचार्य र गुरुङ प्रतिनिधिसभामा छैनन् ।

अन्य पदाधिकारीमध्ये योगेश भट्टराई बाहेक सबैजना कम्तिमा एकपटक मन्त्री भइसकेका छन् । योगेश भने पहिलोपटक सांसद भएकाले उनी मन्त्री बन्न पाएका छैनन् । ओलीले चुनावका बेला ताप्लेजुङबासीबीच योगेशलाई सांसद बनाएर पठाए आफूले मन्त्री बनाएर पठाउने बचन दिएका थिए ।

अहिले एमालेका कार्यकर्ताले ओलीको त्यहि भाषणको भिडियो सामाजिक सन्जालमा प्रचार गरेर ओलीमाथि दबाव दिइरहेका छन् । पार्टीभित्रको सन्तुलन मिलाउन पनि योगेशलाई ओलीले मन्त्री बनाउने अनुमान छ ।

यसपटक अधिकांश पदाधिकारी मन्त्रीका दाबेदार हुन् । स्थायी कमिटी सदस्यहरुमध्ये सुरेन्द्र पाण्डे र छबिलाल विश्वकर्मा पनि मन्त्रीका प्रवल दावेदार हुन् ।

पार्टीभित्र ओलीको थिंकट्यांक मानिने प्रदीप ज्ञवाली र शंकर पोखरेलमध्ये पोखरेल ५ नम्बर प्रदेशको मुख्यमन्त्री भइसकेकाले ज्ञवालीलाई मन्त्रिपरिषदमा सामेल गरिने सम्भावना छ । अर्थमन्त्रालयको दावी गरेका ज्ञवालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हेर्ने शक्तिशाली मन्त्री बनाउने चर्चा पनि चलेको छ ।

राजश्व अनुसन्धान बिभाग, सम्पत्ति शुद्धीकरण बिभाग, राष्ट्रिय अनुसन्धान बिभाग, समाजकल्याण परिषद जस्ता निकायहरु प्रधानमन्त्री कार्यालय मातहत लगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई निकै शक्तिशाली बनाइएको छ ।

यसका साथै सबै प्रदेशहरुको विकास समन्वय गर्ने गरी मन्त्रालय खडा गर्ने र त्यो मन्त्रालयको मन्त्री प्रधानमन्त्री निकट व्यक्तिलाई बनाउने तयारी छ ।

मन्त्रीका दर्जनौं आकांक्षी

प्रदेश १ बाट एमालेका दर्जन बढी आकांक्षी भए पनि योगेश भट्टराई र भानुभक्त ढकाल दुवैको नाम बढी चर्चामा छ । प्रदेश १ बाट कांग्रेसको गढ ओखलढुंगामा दुईपटक चुनाव जितेका युवा नेता यज्ञराज सुनुवार पनि मन्त्रीका दाबेदार हुन् । त्यस्तै सुवास नेम्वाङले बसन्त नेम्वाङलाई मन्त्री बनाउन प्रधानमन्त्रीलाई दबाव दिइरहेका छन् ।

प्रदेश २ बाट प्रत्यक्ष निर्वाचित सांसद रघ्ुवीर महासेठ र लिलानाथ श्रेष्ठ दुईजनामात्र छन् । महासेठले लबिङ बलियो बनाएका छन् । प्रदेश ३ बाट कृष्णगोपाल श्रेष्ठ, शेरवहादुर तामाङ, गोकुल बास्कोटा, जीवनराम श्रेष्ठ, रामवीर मानन्धर, कृष्णलाल महर्जन मन्त्रीका आकांक्षी छन् । महेश बस्नेतले भने यसपटक आफू प्रधानमन्त्रीलाई सफल बनाउने अभियानमा लाग्ने भन्दै मन्त्रीको दौडमा नरहेको निकटस्थहरुलाई बताएका छन् ।

प्रदेश ४ बाट रविन्द्र अधिकारी सम्भावित मन्त्री हुन् । लगातार तीन पटक चुनाव जितेका अधिकारी अहिलेसम्म मन्त्री नबनेका कारण उनको सम्भावना बढी भएको हो । यो प्रदेशबाटै थममाया थापा मन्त्री भइसकेकी छन् । उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने पद्मा अर्याल पनि मन्त्रीको आकांक्षी हुन् ।

प्रदेश ५ बाट प्रदीप ज्ञवाली मन्त्री भए भने गोकर्ण विष्ट रोकिन सक्छन् । ऊर्जामन्त्री हुँदा लोडेसेडिङ घटाएर लोकप्रिय बनेका विष्ट पार्टी एकता कार्यदलमा छन् । कम्तिमा एक पदाधिकारी मन्त्री हुने भएकाले यो प्रदेशबाट अन्यले मौका पाउने सम्भावना कम छ ।

प्रदेश ६ बाट यसपटक बिभागीय मन्त्री कोही नहुने सम्भावना छ । प्रदेश ७ बाट डोटीका प्रेम आलेलाई मन्त्री बनाउन शीर्ष नेता सहमत भएका छन् । भीम रावल मन्त्री नबन्दा आले मन्त्री बन्ने निश्चित छ ।

आले पनि दुईपटक निर्वाचित सांसद हुन् । उनले यसपटकको चुनावमा भौतिक पूर्वाधार मन्त्री बीरबहादुर बलायरलाई पराजित गरेका छन् । रावलले प्रदेश ७ बाट आफू नहुँदा कैलालीका नारदमुनी रानालाई मन्त्री बनाउन सिफारिस गरेका छन् ।

तर रानाको रातो पासपोर्ट दुरुपयोग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेकाले उनको सम्भावना छैन । विशेष अदालतबाट सफाइ पाएका रानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको थियो ।

प्रतिक्रिया दिनुहोस
किस्तीमा राखेर शेरबहादुरजीलाई प्रधानमन्त्री हस्तान्तरण गर्छु : ओली

    प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद

मोहनबहादुर बस्नेतको सांसद पद निलम्बन

   पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको

क्षमतावान व्यक्ति गभर्नरमा नियुक्त हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैकको रिक्त गभर्नरमा व्यक्तिगत निकटताका

३ अर्ब २१ करोड बढी भ्रष्टाचार, मोहन बस्नेतसहित १६ जनाविरुद्ध मु्द्दा दायर

  पूर्वमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको