विकासका लागि भ्रष्टाचारीहरुलाई जेल हाल्न ओलीजी र मैले सल्लाह गरेका छौ भन्दै प्रचण्डले भने-बल्ल हामी शासक हुदैछौ



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायीत्व र विकासको लागि सुशासन आवश्यक पर्ने बताएका छन्। नवलपरासीको बर्दघाटमा सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा बिहीबार सम्बोधन गर्दै प्रचण्डले विकासका लागि भ्रष्टाचारीहरुलाई जेल हाल्नुपर्ने बताए।

‘अहिले न्यायालदेखि, कर्मचारीतन्त्र र सुरक्षा संयन्त्रमा पनि बेथिति छ भन्ने सुनिन्छ’, उनले भने, ‘दुवै पार्टीको नेतृत्वमा तहमा हामीले भ्रष्ट र बेथिति गर्ने कसैलाई नछोड्ने अठोट गरेका छौं।’ जनताले स्थायित्व र विकास खोजेको भन्दै उनले यसका लागि सुशासन नभई नहुने बताए। न्यायालदेखि कर्मचारी र सुरक्षा संयन्त्रको बेथिति अन्त्य नगरी सफलता नपाइने उनको भनाइ छ।

‘न्यायालयमा बेइमानी गरेर गरिबलाई न्याय नदिने, जाली फटाहाहरुलाई पैसा लिएर न्याय दिनेहरुलाई महाअभियोग लगाएर ठिक गर्ने समय आयो। कर्मचारी तन्त्रमा बसेर अर्बौं सम्पति कमाएर महल ठड्याउनेहरुलाई जेल हाल्ने बेला आयो। सुरक्षा संयन्त्रमा बसेर सुरक्षाको काम गर्न छोडेर तस्करसँग मिलेर खानेहरुलाई जेल हाल्ने बेला आयो,’ उनले भने, ‘त्यसो नगरे विकास सुशासन सम्भव छैन। भ्रष्टहरुलाई तह लगाउन नसके जनताले हामीलाई नै सजाय दिने कुरा हामीलाई थाहा छ।’

उनले आफूहरु शासितबाट शासक बन्नेतिर गएको समेत बताएका छन्।

‘अहिले वामपन्थीहरुको झन्डै दुई तिहाइ छ। संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुँदा हामी दुई तिहाइ बन्छौं,’ प्रचण्डले भने, ‘दुई तिहाइ कम्युनिस्ट हुनु भनेको अब हामी शासितबाट बिस्तारै शासक बन्नेतिर गयौं।’

प्रचण्डले दुई पार्टीको एकता प्रक्रियामा चमत्कार भएको पनि बताए। ‘एमाले र माओवादी दुई महिनाभित्रै एउटै जस्ता भए’, प्रचण्डले भने, ‘हिजो नबोल्नेहरु, मुखै नहेर्नेहरु आज एउटै थालमा खाने र एउटै ओछ्यानमा सुत्ने समेत हुनुभयो।’

चाबहिलको सडकमा चक्कुले हानेर युवकको हत्या

बिहीबार बेलुका चाबहिलमा चक्कुले हानेर एक युवकको हत्या भएको छ। सोलुखुम्बु घर भएका छिरिङ शेर्पाको हत्या भएको हो।

सामान्य विवादमा शेर्पाकै साथीले छुरा हानेर हत्या गरेको महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युत पुडासैनीले बताए। हत्यामा संलग्न विवेक तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

डिएसपी पुडासैनीका अनुसार दुवै जना क्याटरीमा काम गर्ने चिनजान व्यक्ति हुन्। उनीहरु चुच्चेपाटी नजिकै बस्दछन्। विवाद भएपछि आफूलाई हेपेको भन्दै तामाङले डेराबाट चक्कु लिएर आई सडकमै शेर्पालाई प्रहार गरेका थिए। अस्पतालमा उनको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...