ओलीले झलनाथलाई यसरी एक्ल्याउँने भए,नेपाल संग कुरा मिले पछी खनाल माथी बज्र प्रहार



हाम्रो इकोनोमि

वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोर्होयाउने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको हो । फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ ।

संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले गठबन्धनसँग स्पष्ट बहुमत छ । गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको बताइएको छ ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता अमिक शेरचनले राष्ट्रपतिका लागि इच्छा देखाए पनि बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिलाई नै दोर्होयाउने निश्चितप्राय रहेको एमालेका नेताहरुले बताएका छन् ।

एमालेकै नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले पनि आफू राष्ट्रपतिका लागि योग्य र तयार रहेको बताउँदै आएका थिए । तर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले भण्डारीलाई नै दोहोर्याउन चाहेपछि माओवादी अध्यक्ष प्रचण्डले पनि सहमति जनाएका हुन् ।
२३ गते राष्ट्रपतिको मनोनयन भएकाले २२ गते स्थायी समितिको बैठक बसेर एमालेले औपचारिक निर्णय गर्ने बताईएको छ ।

प्रतिनिधिसभामा इलामबाट विजयी खनालले राष्ट्रपतिमा सुरुदेखि नै इच्छा देखाउँदै आएका छन् । विगतमा पनि खनालले राष्ट्रपति पदका लागि इच्छा राखे पनि एमालेले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाएको थियो ।

माओवादी केन्द्रका नेता शेरचनले पनि राष्ट्रपतिमा दाबी गरे पनि एमाले अध्यक्ष ओलीले भण्डारीलाई नै दोर्होयाउने संकेत दिएपछि शेरचनले उपराष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन् । तर, माओवादी केन्द्रले उपराष्ट्रपतिमा पनि बहालवाला नन्दबहादुर पुनलाई नै दोर्होयाउने तयारी गरेको छ ।

सामान्यतः राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल ५ वर्षको हुने भन्दै भण्डारी र पुनले आफूहरूको कार्यकाल २ वर्ष मात्र पुगेको भन्दै दोहोरिन ‘लबिङ’ गरेका थिए ।
नयाँ संविधान जारी भएपछि राष्ट्रपतिमा भण्डारी र उपराष्ट्रपतिमा पुन निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

प्रचण्डदेखि कमल थापासम्मलाई एमाले महाधिवेशनको निम्तो

    नेकपा एमालेले आफ्नो आसन्न महाधिवेशनको उद्घाटन समारोहमा विघठित संसदमा प्रतिनिधित्व गर्नेसहित...

पदाधिकारी थप्ने प्रयासमा ओली, ईश्वरलाई वरिष्ठ उपाध्यक्षकै जिम्मेवारी दिने तयारी

    ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा रहेको नेकपा (एमाले) भित्र आगामी नेतृत्वको रस्साकस्सी...

एमालेले देउवालाई दियो महाधिवेशनको निम्तो

    नेकपा एमालेले आगामी शनिबार हुने पार्टी महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रुपमा...