माओबादीका मन्त्री नियुक्त पछी पहिलो पटक क्याबिनेट बैठक बोलाएका ओलीले आज के-के गर्दैछन् निर्णय?



हाम्रो इकोनोमि

केपी शर्मा ओलीको नेतृत्वमा माओवादी केन्द्रको सहभागितापछि पहिलोपटक मन्त्री मण्डलको बैठक आज बसेको छ।
अपरान्हदेखि सुरु भएको मन्त्री मण्डलको बैठक जारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

प्रधानमन्त्री ओलीले सोमबार (१४ फागुन) मा माओवादी केन्द्रका दुई र एमालेका दुई मन्त्रीहरु थपेर मन्त्री मण्डल विस्तार गरेका थिए।सामान्यतया विस्तारकै दिन मन्त्री परिषद बैठक हुने प्रचलन भएपनि सोमबार बैठक आयोजना गरिएको थिएन।

रामबहादुर थापाको गृहमन्त्रीका रुपमा माओवादी केन्द्रका नेता रामबहादुर थापाको मन्त्री मण्डल प्रवेशसँगै ओली सरकार ७ सदस्यीय बनेको छ।यसअघि ओलीकै शपथका दिन मन्त्रीद्वय लालबाबु पण्डित र थममाया थापाले पनि शपथ ग्रहण गरेका थिए।
सरकारमा माओवादी केन्द्रका तर्फबाट गृहमन्त्री थापासहित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा मात्रिका यादव नियुक्त भएका थिए।
एमालेबाट महासचिव इश्वर पोखरेल-रक्षा, डा. युवराज खतिवडा-अर्थ, लालबाबु पण्डित-वातावरण तथा थममाया- थापा महिला तथा वातावरणमन्त्रीका रुपमा सरकारमा सहभागी छन्।
नारायणकाजीले मात्रिका यादवलाई पोखरेल बनाए पछी………..

प्रधानमन्त्री केपी ओली सरकारमा माओवादी केन्द्रका राम बहादुर थापा र मातृका यादव मन्त्री बने । सोमबार दुई मन्त्री सहित एमाले महासचिव ईश्वर पोखरेल, युवराज खतिवडाले समेत सपथ लिए । नेताहरुलाई त पार्टीका यी जिम्मेवार मन्त्रीको नाम थाहा हुनु पर्ने हो तर, माओवादी केन्द्रकै शिर्ष नेतालाई भने मन्त्रीको नाम नै थाहा छैन भन्दा अन्यथा नहोला ।

माओवादी केन्द्रका प्रभावशाली नेता हुन् नारायणकाजी श्रेष्ठ । पूर्व उपाध्यक्ष समेत रहेका श्रेष्ठले माओवादीकै एक चर्चित मन्त्रीलाई भने चिन्न सकेनन् ।

तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला सरकारका वन मन्त्री मातृका यादवको अहिले समेत चर्चा हुने गर्छ । कारण उनले ललितपुरका तत्कालिन स्थानिय विकास अधिकारीलाई घुस लिएको भन्दै शौचालयमै थुनेका थिए । उनै यादव वर्तमान सरकारमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हाल्न पुगेका छन् । तर, यादवलाई भने पार्टीका उनका शिर्ष नेता श्रेष्ठले चिनेनन् । श्रेष्ठले सबै मन्त्रीको नाममा बधाई दिए तर, मातृका प्रसाद यादवलाई भने सामाजिक सञ्जालबाटै पोखरेल बनाइदिए ।

नेता श्रेष्ठले सामाजिक सञ्जाल मार्फत एमाले महासचिव ईश्वर पोखरेल, रामबहादुर थापा बादल, मातृका प्रसाद यादव र युवराज खतिवडालाई बधाई दिएका हुन् । तर, मातृका प्रसाद यादवको नाम भने गलत लेख्दै उनले मातृका पोखरेल लेखिदिएका छन् ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...