६०औँ वार्षिकोत्सव भब्य रुपमा यसरी मनायो ओखरपौवा मा.वि.ले(कार्यक्रमको भिडियो सहित)



हाम्रो इकोनोमि

ककनीमा अवस्थित ओखरपौवा मा.वि. ६०औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । गत शनिवार स्कुल प्राङ्गण कार्यक्रममा विविध कार्यक्रमका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजी फुयालको सभापतित्व सम्पन्न उक्त कार्यक्रम भारतीय राजदूतावासका ड्यूपुटी चिफ अफ मिशन अजयकुमारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा विशेष अतिथिहरुमा पूर्व अर्थमन्त्री रामशरण महत, नेपाल भारत मैत्री समाजका संस्थापक अध्यक्ष प्रेम लस्करी, नुवाकोट जिल्ला न्यायाधीस लोकजजंग शाह, रमेश महत, भाग्यश्री लामा, श्यामराज पाठक, जितबुहार बलामी, दिपेश लामा, योगनाथ फुयाल, नरेन्द्र फुयाल लगायतको उपस्थिति रहेको थियो । त्यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्य रमेश तामांगले कार्यक्रमको संयोजन गरेका थिए।

उक्त विद्यालयमा नेपाल भारत मैत्री समाजको सहयोगमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । सो अवसरमा प्रमुख अतिथि भारतीय दूतावासका डि.सी.एम.का अजय कुमारले उद्घाटन एवं हस्ताक्षर गरेका थिए । यस कार्यले नेपाल भारतको दौत्य सम्बन्धलाई सुमधुर गर्ने कार्यमा टेवा पुग्ने बताए ।
कार्यक्रममा विद्यालय प्राधानाध्यपक पुष्पनारायण मानन्धर र विद्यालयका विद्यार्थीहरुले अतिथिहरुलाई फूलमाला र विभिन्न सांस्कृतिक कार्यक्रमले स्वागत एवं सम्मान प्रदान गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि एवं शैक्षिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...