चैतको पहिलो हप्ताभित्र एमाले र माओवादी केन्द्रबीच यसरी हुने भयो घोषणा,सबै तयारी भयो पुरा



हाम्रो इकोनोमि

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यही फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रवीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुँगो लगाउने र चैत्रको पहिलो हप्ताभित्रै बृहत्त एकता घोषणा गर्ने जनाएका छन्।

मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै रावलले फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुँगो लगाउने र त्यसपछि एकता बृहत्त रुपमा घोषणा गर्ने बताएका हुन्।  ‘संभवतः एकता चैत्रको पहिलो हप्तामै हुन्छ, यदि ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ, हामी त्यही अनुसार तिव्र तयारीमा जुटेका छौं।’

उनले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने जनाए। ‘दुई वटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकोले हामीहरु दुवै कार्यदल अहिले आन्तरिक कार्यमा व्यस्त छौं, अन्तरिम विधान लेखन सुरु गरिसकेका छौं, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाईरहेका छौं, फागुन २५ गतेसम्म टुँगो लगाउँछौं’, उनले भने।

विधान र प्रतिवेदन टुँगो लागेपछि एकता संयोजन समितिबाट अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आ–आफ्नो केन्द्रीय कमिटिबाट अनुमोदन गर्ने उनको भनाइ थियो। रावलले छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने जनाए। आउने आइतबारसम्म उपेन्द्र यादवसहितको मन्त्रिमण्डल विस्तार हुने उनको भनाइ थियो ।

उनले भने, ‘हाम्रो चाहना भनेको अध्यधिक राजनीतिक दलको सहभागिता होस्, यस्तो भयो भने राष्ट्रिय एकता बलियो हुन्छ,, त्यसैले हामीले उपेन्द्रजीलाई सरकारमा सहभागी गराउन चाहेको हौं, तर उहाँ नभए सरकार विस्तार हुँदैन भन्ने कुरा होइन, उहाँलाई पनि साथमै लिएर जान चाहेका छौं।’

उनले सरकारले पूर्णता पाउनेमा अब विलम्ब नहुने जिकिर गरे। उनले थपे, ‘अब ढिलाई हुँदैन, किनकी बजेटको पनि तयारी गर्नुपर्छ, जेठ १५ गते बजेट ल्याउनुपर्छ।’

उनले अर्थमन्त्रीमा नियुक्त भएका डा. युवराज खतिवडा अर्थतन्त्रसम्बन्धीका ज्ञाता भएकोले समृद्धि हाँसिल गर्ने वर्तमान सरकारको उद्देश्यमा टेवा पुग्ने जनाए। ‘एमालेमा अरु योग्य नेताहरु नै नभएर उहाँलाई नियुक्त गरेको भने होइन, अरु नेताहरुले पनि विगतमा अर्थमन्त्रालयको नेतृत्व गरिसक्नुभएको छ’, उनले भने।

उनले राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै टुँगो लागि नसकेको जिकिर गरे। रावलले भने, ‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुँगो लागेको छैन, स्थायी कमिटिमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुँगो लाग्न बाँकी छ।’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...