भोली बुधबार मन्त्रिपरिषद विस्तार हुदै,यी हुन् मन्त्री हुने भाग्यमानी



हाम्रो इकोनोमि

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । सात प्रदेशमध्ये सबैभन्दा पहिले मुख्यमन्त्री बनेका पौडेल मन्त्रिपरिषदलाई पूर्णता दिनमा भने अन्य प्रदेशभन्दा पछि परेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यसँग समन्वय गरेर बुधबार मन्त्रिपरिषद विस्तार गर्न लागिएको पौडेल निकट स्रोतले जनाएको छ । मुख्यमन्त्री ७ मन्त्रालयमध्ये आन्तरिक मामिलामा माओवादीका शालिकराम जमरकट्टेल र भौतिक पूर्वाधार मन्त्रीमा एमालेको केशव स्थापित नियुक्त भइसकेका छन् ।

अब एमालेले तीनओटा मन्त्रालय पाउनेछ भने माओवादीले एक मन्त्रालय पाउने सम्भावना छ । यद्यपी प्रदेश सरकारमा २२ जनासम्म मन्त्री बनाउन पाइनेमा वाम गठबन्धनले ३ नम्बर प्रदेशमा बढीमा ११ सदस्यीय मन्त्रिपरिषद गठन गर्ने सहमति गरिसकेका छन् ।

एमालेबाट अरुण नेपाल, कैलाश ढुंगेल र दावादोर्जे लामाले बुधबार सपथग्रहण गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । मुख्यमन्त्री पौडेल निकट स्रोतका अनुसार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले रामेछापका कैलाश ढुंगेललाई अर्थ तथा योजना मन्त्री बनाउन निर्देशन दिएका छन् । लामाको नाम पनि ओलीले नै दिएका हुन् ।

यता प्रदेश संयोजक शाक्यले भने प्रदेश सरकार र मुख्यमन्त्री प्रदेश कमिटीको समन्वयमा चल्नुपर्ने भन्दै मन्त्री र अन्य नियुक्तिका नाम प्रदेश कमिटीबाट अनुमोदन हुनुपर्ने बताएकी छन् । शाक्यले मंगलवारै प्रदेश कमिटी सचिवालय बैठक समेत बोलाएको स्रोतले जनाएको छ ।

शाक्य पोलिटव्यूरो सदस्यद्वय पशुपति चौलागाई र अरुण नेपाललाई मन्त्री बनाउने पक्षमा रहेको बताएको छ । तर पार्टी अध्यक्षले दिएका ढुंगेल र लामाको नाम हटाउने अवस्थामा मुख्यमन्त्री छैनन् । त्यो अवस्थामा शाक्यले भनेको एकजनामात्र मन्त्री बन्दा अरुण नेपाल पर्ने सम्भावना छ ।

एमालेको भागमा अर्थ तथा योजना,सामाजिक मामिला र कृषि,सहकारी तथा भूमिसुधार मन्त्रालय छन् । माओवादीबाट कुमारी मोक्तान, राजकाजी महर्जन र विशाल खड्कामध्येबाट मन्त्री बनाउन लागिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदमा आज पनि विपक्षीको विरोध

    प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरेका छन् । बैठक...

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

    राप्रपाले अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बैठकमा...

एमाले पुनर्गठन कार्यदलको बैठक ओलीकै अध्यक्षतामा

    नेतृत्व नछाड्ने अडान लिएका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी पुनर्गठन...

विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

     प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा सदस्य महावीर पुनलाई  विज्ञान, प्रविधि तथा नवप्रवर्तन...