भूपू विद्यार्थीद्वारा विद्यालयलाई २४ लाख सहयोग



हाम्रो इकोनोमि

१४ फागुन (रासस) ः लमजुङको एक विद्यालयलाई भूपू विद्यार्थीले करिब रु २४ लाख सहयोग गरेका छन् ।

राइनास–१० स्थित बुद्धमिलन माध्यमिक विद्यालयलाई हाल बेलायतमा रहेका भूपू विद्यार्थीले सहयोग गरेका हुन् । एक कार्यक्रमका बीच आइतबार विद्यालयलाई रु २३ लाख, ६५ हजार ७९७ हस्तान्तरण गरिएको थियो । विद्यालयको शैक्षिक गुणस्तरको लागि बेलायतमा रहेका नेपालीसँग सहयोग संकलन गरिएको संकलन अभियानका संयोजक रुद्रराज गुरुङले बताउनुभयो ।

संयोजक गुरुङको टोलीले नगरपालिकाका उपप्रमूख धनकुमारी गुरुङको रोहवरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार श्रेष्ठ, प्रधानाध्यापक अम्बरबहादुर न्यौपानेलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

लमजुङमा असिनाले व्यापक क्षति

लमजुङमा असिनाले व्यापक क्षति पुयाएको छ । आईतवार अपराह्न परेको असिनाले मध्यनेपाल नगरपालिकामा अत्यधिक क्षति पु¥याएको हो ।
असिनाले तरकारीबाली तथा फलफूलमा व्यापक क्षति पु¥याएको स्थानीय खेमराज पौडेलले जानकारी दिनुभयो । असिनापानीले किसानको तरकारी बालीसहित फुल्दै गरेको आँप, नासपाती, आल्चालगायत फलफूल सखाप पारेको पौडेलले बताउनुभयो ।

असिनापानीले व्यापक क्षति बनाएपछि किसान मर्कामा परेको भन्दै मध्यनेपाल नगरपालिका प्रमुख रमेशकुमार पाण्डेले पीडित किसानलाई उचित क्षतिपूर्तिको लागि पहल गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...