हैटौडाबाट सर्दै प्रदेश नम्बर ३ को राजधानी, सानोठिमी भएमा राज्यको डेढदेखि दुई अर्ब बचत हुने



हाम्रो इकोनोमि

प्रदेश नं ३ को राजधानी हेटौडामा उपयुक्त नभएको भन्दै विरोध भइरहेको बेला प्रदेश ३ को राजधानी सार्ने गरि ठाउँको पहिचान भइसकेको खुलासा भएको छ । प्रदेश नम्बर ३ का एक मन्त्रीले राजधानी उपयुक्त ठाउँमा नभएकाले स्थायी राजधानी सार्ने आन्तरिक गृहकार्य सम्पन्न भइसकेको खुलासा गरेका हुन ।

ती मन्त्रीले राजधानी कुन ठाउँमा सर्छ भन्ने बारेमा भने खुलाएका छैनन । अहिले निर्णय नभइसकेकाले खुलाउँदा समस्या आउने भएकाले ठाउँ नखुलाएको ती मन्त्रीले बताएका हुन् ।  भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले चित्तवनको एक कार्यक्रममार्फत प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइसकेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अहिले नै सार्वजनिक ग¥यो भने समस्या हुन्छ ।” प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा सात लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र तीन लाख रोपनी वन रहेको पनि उहाँले बताउनु भयो । ५० हजार रोपनी खोलाले खाएको जग्गा पनि रहेको भन्दै उहाँले भन्नुभयो, “त्यहाँ १४÷१५ करोड लिटर पानी भण्डारण गर्न मिल्छ जसबाट १० लाख जनतालाई खानेपानी पुग्छ ।”

तीसवटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उहाँले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताउनुभयो । जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै उहाँले आउँदो चार महिनाभित्र राजधानी सर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, “निर्णय भएपछि तत्काल सार्छौँ । पूर्वाधार मन्त्री म आफै भएकाले मैले तयारी गरिरहेको छु । आन्तरिक काम भइरहेको छ ।” मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि उहाँले बताउनुभयो ।

नेकपा एमालेका नेता एवं सांसद महेश बस्नेतले तीन नम्बर प्रदेशको राजधानी हेटौडा ब्यवस्थित र पायक नभएको बताउनुभएको छ । नेता बस्नेतले तीन नम्बर प्रदेशको राजधानी भक्तपुरको सानोठिमी भएमा राज्यको डेढदेखि दुई अर्ब बचत हुने ठोकुवा गर्नुभयो ।

प्रदेश ३ को राजधानी हरेक हिसाबले भक्तपुर नै उपयुक्त हुने धारणा राख्नुभयो । सञ्चारकर्मीसँग कुराकानी गर्दै बस्नेतले भन्नुभयो, ‘यो कुरा मैले भक्तपुरको तर्फबाट मात्रै भनेको होइन, समग्र ३ नम्बर प्रदेशको तर्फबाट भनेको हुँ, प्रदेशको राजधानी बनाउँदा भौगोलिक सुगमता पनि हेरिनुपर्छ, यसअघि सरकारले गठन गरेको प्राविधिक समितिले पनि सानो ठिमी सिफारिस गरेको थियो, हेटौंडा व्यवस्थित छैन ।’उहाले भन्नुभयो, ‘सानो ठिमी त राजधानी बन्नकै लागि संरचना भएको छ, राजधानी सानो ठिमी भयो भने राज्यको डेढदेखि दुई अर्ब बचत पनि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...