प्रचण्डले ओलीलाई बुझाए यी मन्त्रीका नाम,एमाले बाट मन्त्री बन्नेको यस्तो छ लिस्ट,सोमबार ३ बजे सपथ



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । शुक्रबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

माओवादीबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मात्रिका यादव, बिना मगर र अमनलाल मोदीको मन्त्री हुने भएको स्रोतले जानकारी दियो । यी मध्ये मगर र मोदी पहिलो पटक मन्त्री हुँदैछन् भने अन्य पाँच जना पहिला मन्त्री भइसकेका छन् ।
यसअघि जनार्दन शर्मा, अग्निप्रसाद सापकोटा पनि मन्त्री हुनेमा चर्चा थियो । उनीहरूलार्इ प्रचण्डले अाफु प्रधानमन्त्री हुँदा मन्त्री बनाउने अाश्वासन दिएका छन् ।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीबाट मन्त्री बन्नेको टुङ्गो लगाउन अझै सकेको छैन । दावेदार धेरै भएपछि अध्यक्ष केपी शर्मा ओलीलाई मन्त्री छान्न सकस परेको हो ।

माओवादीसँगको भागवण्डामा एमालेलाई १० वटा मन्त्रालय परेको छ । मन्त्रीका लागि २ दर्जनभन्दा बढी आकांक्षी देखिएका छन् । महासचिव इश्वर पोख्रेल र सचिव प्रदीप ज्ञवाली यो पटक मन्त्री बन्ने लगभग पक्का छ । दुबैले अर्थ मन्त्रालयमा दावी गरेका छन् । यद्यपी वरिष्ठ भएका कारण पोखरेल अर्थमन्त्री बन्ने संभावना बढी रहेको एमाले स्रोतको भनाई छ । अर्थ नपाए ज्ञवाली परराष्ट्रमन्त्री बन्नेछन् । यसवाहेक सचिव योगेश भट्टराई पनि मन्त्रीको दौडमा अघि छन् ।

चुनाव प्रचारकै बेला अध्यक्ष केपी ओलीले ताप्लेजुङ पुगेर सांसद बनाएर पठाए आफुले भट्टराईलाई मन्त्री बनाउने सार्वजनिक रुपमा घोषणा गरेका थिए । पार्टीभित्र अध्यक्ष ओलीको आलोचकका रुपमा चिनिने भट्टराई सजिलै दिए लिने नत्र मन्त्रीका लागि बढी दौडधुप नगर्ने मनस्थितिमा छन् । प्रदेश ३ बाट जिवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ र कृष्णलाल महर्जनले मन्त्रीमा दावी गरेका छन् । यीमध्ये एकजना मन्त्री बन्ने निश्चित रहेको एमाले स्रोतको भनाई छ । सिन्धुपाल्चोकका शेरवहादुर तामाङले पनि जनजाति कोटाबाट मन्त्री बन्न प्रयास गरिरहेका छन् ।

अर्थ मन्त्रालय नपाउने भएपछि सुरेन्द्र पाण्डेले सरकारमा जान खासै पहल गरेका छैनन् । प्रदेश १ बाट स्वयं प्रधानमन्त्री र पहिलो चरणमै लालबावु पण्डित मन्त्री भइसकेकाले अन्य दावेदारलाई सकस परेको छ । सो प्रदेशबाट मन्त्रीका लागि भानुभक्त ढकाल, वसन्त नेम्वाङ र राजेन्द्र राईले दौडधुप गरिरहेका छन् । प्रदेश २ बाट राघुविर महासेठ मुख्य दावेदार छन् । उनि आफु हुन नसके श्रीमती जुली कुमारी महतोलाई मन्त्री बनाउने चक्करमा छन् ।

प्रदेश ४ बाट रविन्द्र अधिकारीको बढी संभावना छ । गणेश तिमिल्सिनाले पनि दावेदारी छाडेका छैनन् । प्रदेश ५ बाट छविलाल विश्वकर्मा पनि मन्त्री बन्ने दौडधुपमा लागेका छन् । प्रदीप ज्ञवालीको लगभग निश्चित भएकाले एउटै जिल्लाका गोकर्ण विष्ट चुप लागेर बसेका छन । वरिष्ठ नेता माधव नेपाल भने सम्धी सोमप्रसाद पाण्डेलाई मन्त्री बनाउने कसरतमा छन् । कर्णाली प्रदेशमा मन्त्रीका खासै दावेदार देखिएका छैनन् ।

प्रकाश ज्वाला, यमलाल कँडेल जस्ता ठुला नेता प्रदेशसभामा गएकाले यहाँ दावेदार नभएका हुन् । प्रदेश ७ मा डोटीका प्रेम आलेले दावेदारी गरिरहेका छन् । महिलामा पद्मा अर्याल, गंगा चौधरी, शान्ता चौधरी लगायतले पनि दावी गरिरहेका छन् । अध्यक्ष ओलीलाई मन्त्री पदमा प्रदेश, जाति र भूगोल मात्र नभई आन्तरिक सन्तुलन पनि मिलाउनुपर्ने वाध्यता छ । वामदेव गौतम र झलनाथ खनालले आफुलाई एक/एक वटा मन्त्रालयको कोटा माग गरेका छन् । गौतमले पाएमा बलराम बास्कोटालाई मन्त्री बनाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...