कांग्रेसको छाँया सरकारको प्रधानमन्त्री रामचन्द्र पौडेल,गृहमा गगन,छाँया सरकारमा यी हुने भए मन्त्री



हाम्रो इकोनोमि

निर्वाचनमा पराजय व्यहोरेर ५ वर्षका लागि प्रतिपक्ष बनेको नेपाली कांग्रेसले सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्न छायाँ सरकार गठन गर्ने भएको छ । केन्द्रदेखि प्रदेशसम्म नै सरकारका कामकाजलाई निगरानी गर्न छायाँ सरकार गठनको गृहकार्य भएको हो ।

कांग्रेस संसदीय दलको शनिबारको बैठकले सरकारलाई सन्तुलन गर्न माओवादीले द्वन्द्वकालमा बनाएको ‘जनसरकार’ शैलीकै ‘छायाँ सरकार’ बनाउने निर्णय गरेको हो । बैठकपछि कांग्रेस नेता गगन थापाले सरकारलाई स्वेच्छाचारी हुन नदिन मन्त्रालय नै तोकेर पार्टी नेताहरुलाई जिम्मेवारी दिने गरी छायाँ सरकार बनाउने निर्णय भएको बताए ।

‘प्रतिपक्षी भूमिका प्रभवकारी बनाउन केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय नै तोकेर जिम्मेवारी दिने र सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने निर्णय भएको छ ।’, थापाले पत्रकारहरुसंग भने । छायाँ सरकारमा मन्त्रीको जिम्मेवारी कसलाई दिनेभन्नेबारे संसदीय दलको निर्वाचन पछि टुंगो लाग्ने बताइएको छ ।

बैठकमा अधिकांश नेताहरु सर्वसहमतिले संसदीय दलको नेतृत्व चयनको वातावरण बनाउन शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका थिए । छाया सरकारको प्रधानमन्त्री राम चन्द्र पौडेल हुने भएका छन भने गृह मन्त्री गगन थापा हुने भएका छन्।

मिनेन्द्र रिजाल,रमेश रिजाल,रमेश लेखक सहितका नेता हरु मन्त्री बन्ने भएको कांग्रेस श्रोतले बताएको छ।

प्रमुख विपक्षी कांग्रेसले संसदीय दलको नेता छान्न आउने फागुन २१ गते चुनाव गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको नेता छान्न २१ गते चुनाव गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिए ।

बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । यस्तै, दलको नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।

निर्वाचन समितिको संयोजनक चिनकाजी श्रेष्ठ छन् । नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे निर्वाचन समितिको सदस्य छन् । यो समितिले संसदीय दलको संशोधित विधान अनुसार नेता चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...