कांग्रेसको छाँया सरकारको प्रधानमन्त्री रामचन्द्र पौडेल,गृहमा गगन,छाँया सरकारमा यी हुने भए मन्त्री



हाम्रो इकोनोमि

निर्वाचनमा पराजय व्यहोरेर ५ वर्षका लागि प्रतिपक्ष बनेको नेपाली कांग्रेसले सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्न छायाँ सरकार गठन गर्ने भएको छ । केन्द्रदेखि प्रदेशसम्म नै सरकारका कामकाजलाई निगरानी गर्न छायाँ सरकार गठनको गृहकार्य भएको हो ।

कांग्रेस संसदीय दलको शनिबारको बैठकले सरकारलाई सन्तुलन गर्न माओवादीले द्वन्द्वकालमा बनाएको ‘जनसरकार’ शैलीकै ‘छायाँ सरकार’ बनाउने निर्णय गरेको हो । बैठकपछि कांग्रेस नेता गगन थापाले सरकारलाई स्वेच्छाचारी हुन नदिन मन्त्रालय नै तोकेर पार्टी नेताहरुलाई जिम्मेवारी दिने गरी छायाँ सरकार बनाउने निर्णय भएको बताए ।

‘प्रतिपक्षी भूमिका प्रभवकारी बनाउन केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय नै तोकेर जिम्मेवारी दिने र सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने निर्णय भएको छ ।’, थापाले पत्रकारहरुसंग भने । छायाँ सरकारमा मन्त्रीको जिम्मेवारी कसलाई दिनेभन्नेबारे संसदीय दलको निर्वाचन पछि टुंगो लाग्ने बताइएको छ ।

बैठकमा अधिकांश नेताहरु सर्वसहमतिले संसदीय दलको नेतृत्व चयनको वातावरण बनाउन शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका थिए । छाया सरकारको प्रधानमन्त्री राम चन्द्र पौडेल हुने भएका छन भने गृह मन्त्री गगन थापा हुने भएका छन्।

मिनेन्द्र रिजाल,रमेश रिजाल,रमेश लेखक सहितका नेता हरु मन्त्री बन्ने भएको कांग्रेस श्रोतले बताएको छ।

प्रमुख विपक्षी कांग्रेसले संसदीय दलको नेता छान्न आउने फागुन २१ गते चुनाव गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको नेता छान्न २१ गते चुनाव गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिए ।

बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ । यस्तै, दलको नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।

निर्वाचन समितिको संयोजनक चिनकाजी श्रेष्ठ छन् । नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे निर्वाचन समितिको सदस्य छन् । यो समितिले संसदीय दलको संशोधित विधान अनुसार नेता चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...