कांग्रेसलाई सोत्तर पार्ने गरी ओलीले दुइ तिहाईको बलमा सत्ता चलाउने,कांग्रेसलाई सधै छिर्के हान्ने यस्ता छन् ओलीका पाँच दाउ



हाम्रो इकोनोमि

बाम गठबन्धनको सरकार बहुमतप्राप्त भए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने दुई तिहाइ पुर्याउन लागिरहेका छन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने निश्चितै भएपछि ढुक्कसंग एमाले–माओवादी मिलेर बन्ने ‘नेपाल कम्युनिष्ट पार्टी’ ले पाँच वर्षसम्म सरकार चलाउन सक्छ ।

यति हुँदा पनि किन बेचैन देखिन्छन् केपी ओली ? र, किन लिन खोजिरहेका छन् मधेसी दुई दलहरु राजपा र संघीय फोरमलाई ?

ओलीको चाल यस्तो छ –
१, ढुक्कसंग सरकार हाँक्न –
ओलीले पाँच वर्षसम्म यस्तो सरकार चाहेका छन् जसले जस्तासुकै निर्णय गरे पनि प्रतिपक्षीले संसदमा अवरोध गर्न नसकोस् ।

एक राजनीतिक विष्लेषकका अनुसार यो नै कम्युनिष्टको सत्ताकब्जाको रणनीति हो । संघीय फोरम र राजपा पनि सरकारमा जाने हो भने ढुक्कसंग सोचेअनुसारका निर्णय गर्न सकिन्छ ।

२, संवैधानिक निकायमा अंकुश लगाउन–

ओलीको दुई तिहाइपछि संवैधानिक निकाय तर्साउने र आफूले चाहेजस्तो काम गर्ने योजना रहेको छ ।
दुई तिहाइ भएपछि ‘महाभियोग’ लगाएर निकाल्ने धम्की दिँदै त्यस्ता निकायबाट काममा कुनै अवरोध नल्याउन सघाउ पुग्नेछ ।

केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमालेका ३० जना नेताहरुलाई अनुसन्धानको घेरामा राखेपछि प्रमुखलाई नै हटाउने खेल थालेको थियो ।

अख्तियारका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीलाई हटाउन महाभियोगसमेत संसदमा दर्ता भएको थियो ।

अहिले पनि अख्तियारमा प्रमुख छैनन् । अब एमालेले नै अख्तियार प्रमुख नियुक्त गर्दैछ ।

न्यायपालिकामा पनि आफ्नो पहुँच पुर्याउन मद्धत मिल्ने देखिन्छ । प्रधानन्यायाधीशलाई समेत ‘महाभियोग’ को त्रास देखाएर काम लिन सकिने विश्लेषण गर्न सकिन्छ ।

३, चाहे अनुसार संविधान संशोधन
संविधानले नै दिएको छ कि संसदको दुई तिहाइ मतले संविधान परिवर्तन गर्न सकिन्छ ।

ओलीले दुई तिहाइ पुगेपछि आफूलाई मन लागेको बुँदा राख्ने र मन नलागेका बुँदा फाल्नका लागि दुई तिहाइको जोड गरेका हुन् ।

तत्काल मधेसीका माग संवोधन गर्ने भनिए पनि अबको नेकपाले पूर्णकालीन आफू सुहाउँदो संविधान परिमार्जन गर्नेछ ।

४ उत्तर दक्षिणको प्यारो बन्न
केपी ओली मास्टर माइन्ड हुन् । उनी उत्तर र दक्षिणको दुवैतिरको समर्थन बटुल्न यो षड्यन्त्र गरिरहेका छन् ।

चीनले पाँच वर्षसम्म टिक्ने स्थायी सरकार बनाउन दबाब दिएको छ । यसो हुन सके उसका पनि स्वार्थ पुरा हुन सक्छन् ।

त्यसका लागि चीनले मधेसी दलहरुलाई पनि सहजै सरकारमा सामेल गराउन दवाव दिएको छ ।

त्यसैगरी दक्षिणी भारतले मधेसी दलहरुलाई लिएरमात्र सरकार बलियो हुने तर्क दिएको छ । भारतको इच्छा आफूहरुबाट हुर्किएका दलहरुको पालनपोशण हो ।

५ लामो समय सत्तामा रहने षडयन्त्र
ओलीको षडयन्त्र पाँच वर्षे योजनामात्र होइन । उनी कम्युनिष्ट शक्तिहरुले जुगजुग सम्म नेपालमा कब्जा जमाएको हेर्न चाहन्छन् ।

तसर्थ ओली आगामी पाँच वर्ष होइन कि त्यसपछिको निर्वाचनका लागिसमेत अहिल्यैदेखि लागेका छन् ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...