प्रचण्डले तनाबका बीच मन्त्रीको टुंगो लगाए,ओलीलाई बुझाएको मन्त्रीको लिस्टमा को-को छन्?



हाम्रो इकोनोमि

नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यालयको सुझाव अनुसार शुक्रबार बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो । सकेसम्म सातै प्रदेश तथा जातीय,क्षेत्रीय सन्तुलन, समावेशीकरण जस्ता विषयलाई मध्यनजर गर्दै मन्त्रीहरुको सूची तयार भएको खुमल्टार श्रोतले बताएको छ ।

आकाँक्षी धेरै भएकाले यस पटक अनुभव पनि भएका र काम गरेर परिणाम निकाल्न सक्ने नेताहरुलाई चयन गरिएको छ । मन्त्रीहरुको नामसँगै उनिहरुले सम्हाल्ने मन्त्रालय पनि लगभग टुंगो लगाएको भएपनि माओवादी केन्द्रले सार्वजनिक गरेको छैन । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर र अमनलाल मोदी मन्त्री हुने भएका छन् । प्रदेश १ बाट मोदीको विकल्पमा सुदन किराती वा सुरेशकुमार राई ‘हिमाल’ का विषयमा पनि छलफल चलिरहेको श्रोतले बतायो ।

प्रदेश २ को प्रतिनिधित्व मातृका यादव र गिरिराजमणी पोखरेल, ३ बाट रामबहादुर थापाले गरेका छन् । प्रदेश ५ बाट वर्षमान पुन, ६ बाट शक्तिबहादुर बस्नेत तथा प्रदेश ७ बाट बिना मगर मन्त्री हुने पक्का भएको छ । सतहमा चर्चामा आएका तर यसपटक मन्त्री हुनेको सूचीमा नपरेकाहरुलाई आफु प्रधानन्त्री हुंदा समेट्ने आश्वासन अध्यक्ष प्रचण्डले दिएको श्रोतको दावी छ ।

नेकपा एमालेले सरकारमा पठाउने मन्त्रीहरु छान्ने जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको स्थायी कमिटि बैठकले मन्त्री छान्ने जिम्मा अध्यक्ष ओलीलाई दिएको हो । माओवादी केन्द्रले पनि पार्टीबाट सरकारमा पठाउने मन्त्री छान्ने जिम्मा अध्यक्ष पचण्डलाई दिएको छ । एमालेले पार्टी एकता नहुँदासम्मका लागि जनवर्गिय संगठनका अध्यक्षहरुको अधिवेशन अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ । पार्टी एकता भएपछि संयुक्त रुपमा अधिवेशन गर्ने तयारी छ । सकेसम्म आजै मन्त्री हुनेहरुको टुंगो लगाएर मन्त्री परिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । तर दुबै दलले अहिलेसम्म मन्त्री हुनेहरुको टुंगो लगाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...