ओलीले एकलौटी ढंगले यसरी छान्ने भए मन्त्री,माओबादीमा विवाद बढे पछी मन्त्री छान्ने टेन्डर तीन जनालाई पर्यो



हाम्रो इकोनोमि

नेकपा एमालेले मन्त्री छान्ने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । स्थायी कमिटीको शुक्रवार बालुवाटारमा बसेको बैठकले माओवादी तथा मधेशवादी दलहरुसँग समेत छलफल गरेर मन्त्रिपरिषद विस्तार गर्ने जिम्मा ओलीलाई दिएको हो ।
एमालेले वाम गठबन्धनको बहुमत भए पनि दुई तिहाई बहुमतसहितको सरकार गठन गर्न मधेशवादी दललाई पनि मन्त्रिपरिषदमा सामेल गर्न ओलीलाई म्याण्डेट दिएको पार्टी सचिव योगेश भट्टराईले बताए । माओवादी, संघीय समाजवादी फोरम र राजपासँग ओलीले छलफल गर्ने उनले बताए ।

भट्टराईले भने-माओवादी बाहेक पनि मधेशवादी दललाई समेत सामेल गराउने गरी पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले फोरम र राजपासँग परामर्श गर्नुहुन्छ । त्यसपछि मन्त्रिपरिषदलाई पूर्णता दिने जिम्मा उहाँलाईनै दिएको छ ।

पार्टीभित्रबाट मन्त्री छनोट गर्ने सन्दर्भमा प्रधामन्त्रीले स्थायी कमिटीका नेताहरुसँग राय परामर्श लिएर व्यक्ति आफैंले छान्ने भट्टराईले बताए । ‘सबै कुरालाई ध्यान दिदै भूगोल, पार्टीभित्र योग्यता क्षमता र समावेशीता मिलाएर प्रधानमन्त्रीले पार्टी नेताहरुसँग राय परामर्श लिएर मन्त्रीहरुको छनौट गर्ने निर्णय भएको छ’ उनले भने ।
प्रधानमन्त्रीले गठबन्धनमा सहभागी माओवादीसहित अन्य पक्षसँग छलफल गर्नुपर्ने भएकाले मन्त्रिपरिषद विस्तार भने आइतबारअघि नहुने एमालेका एक नेताले बताए ।

उता नेकपा माओवादी केन्द्रले सरकारमा जानका लागि मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष तीन नेतालाई दिएको छ।

खुमलटारस्थित पार्टी अध्यक्ष दाहाल निवासमा बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष ‘प्रचण्ड’सहित नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई सो जिम्मा दिने निर्णय गरेको हो।

कुन–कुन मन्त्रालय लिएर कुन–कुन नेतालाई पठाउने भन्ने विषयमा अध्यक्षसहित नेता श्रेष्ठ र थापालाई जिम्मा दिने निर्णय भएको पार्टीका नेता अग्नि सापकोटाले जानकारी दिए।

बैठकमा यही फागुन ७ गते नेकपा एमालेसँग भएको सात बुँदे सहमति, पार्टी एकता कार्यदलको बैठक, सरकारमा सहभागिताका लागि नीतिगत समझदारी र मापदण्ड बनाएर जाने विषयमासमेत छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...