पति बोकेर शुभकामना दिने नाममा ओनसरीले ओलीलाई यस्तो दबाब दिइन्,ओनसरीका कारण प्रचण्ड पनि तनाबमा



हाम्रो इकोनोमि

यसअघि चार वर्ष सभामुखको कुर्सी हाँकिसकेकी माओवादी नेतृ ओनसरी घर्तीमगर मन्त्री वा सभामुख पदमै निरन्तरता पाउन प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई दबाब दिइरहेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको ६६ औँ जन्मदिनमा उनलाई शुभकामना दिने बहाना उनी आफ्ना पति तथा माओवादी नेता वर्षमान पुनसँगै बालुवाटार पुगेकी छन्, शुक्रबार बिहान।

उता वर्षमानले गृहमन्त्री बन्न प्रधानमन्त्री र माओवादी अध्यक्ष दाहाललाई दबाब दिइरहेका छन्।

ओनसरी पति वर्षमानले गृहमन्त्री पाए आफू सभामुख बन्ने र उनी गृहमन्त्री नबने आफूलाई शक्तिशाली मन्त्रालय दिनुपर्ने भन्दै प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालसँग भनसुन गरिरहेकी छन्।

उता बिहीबार माओवादी केन्द्रबाट कारबाहीमा परेका नेता गोपाल किराँतीले आफूले कारबाही गरेकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएका छन्।
शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै नेता किराँतीले आफू माथिको कारबाही व्यक्तिगत नभई माओवादको विज्ञान र पहिचानको मुद्दामाथिको कारबाही भएको बताएका छन्।

‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनीले हामीलाई ‘कथित कारबाही’ गरेकोमा त्यस कम्पनीलाई धन्यवाद नै दिनुपर्छ’, विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो।’

नेता किराँतीले माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन गरिएको कारबाहीले प्रचण्डलाई नै घाटा पु¥याउने बताएका छन्।

‘मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो’, विज्ञप्तिमा भनिएको छ।

उनले प्रचण्डले नै माओवादी केन्द्र छाडेर एमाले भैसकेको भन्दै त्यसका विरुद्ध पार्टी पुनर्गठन गरेर अगाडि बढ्ने बताएका छन्। पाटीृको पुनर्गठनका लागि उनले सबैमा अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...