ओली र प्रचण्डले मन्त्रालयको यसरी लगाए भाग,यी हुन् एमाले र माओबादीले पाएका मन्त्रालय



हाम्रो इकोनोमि

एमाले–माओवादी केन्द्रले मन्त्रालयको बाँडफाँट टुङ्ग्याएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज विहान बाँडफाँट टुङ्ग्याएका हुन्।

एमालेले पाएका मत्रालयहरु
अर्थ तथा योजना मन्त्रालय
रक्षा मन्त्रालय
भौतिक पुर्वाधार यातायात मन्त्रालय
सूचना संचार तथा विज्ञान प्रविधि मन्त्रालय
शिक्षा खेलकुद तथा संस्कृति मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
कानुन तथा न्याय संसदीय मामिला मन्त्रालय
परराष्ट्र मन्त्रालय
पर्यटन मन्त्रालय

माओवादी केन्द्रले पाएका मत्रालयहरु
गृह मन्त्रालय
उर्जा जलविद्युत तथा नविकरणीय मन्त्रालय
शहरी विकास,आवास खानेपानी तथा सरसफाइ मन्त्रालय
वन वातावरण जलवायु परिवर्तन मन्त्रालय
श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक मन्त्रालय
कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

एमाले नेतृत्वमा सरकार बनेपछि प्रधानमन्त्री केपी ओलीले प्रारम्भिक रुपमा दुई मन्त्री समावेश गर्दै सरकार विस्तारको दौड सुरु गरिसकेका छन्।
स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रालय र राजकीय पदको समेत बाँडफाँट भइसकेको छ। सोही अनुसार दुवै दलले मन्त्री छान्न पार्टीभित्र औपचारिक छलफल चलाइरहेका छन्। आकांक्षीहरु मन्त्री बन्न पार्टीका शीर्ष नेतासँग लबिङ गरिरहेका छन्।

दुवै वाम दलका सांसदहरु मन्त्री पदको लबिङ गरिरहँदा गठबन्धनका प्रमुख नेताको भने राजकीय पदको बाँडफाँट भइसकेको स्रोत बताउँछ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वयंले त्यसको खुलासा गर्दै सभामुख पद यसपटक समेत रोल्पाबाटै हुने बताएका छन्।

नेतृ ओनसरी घर्ती सभामुखमा दोहरिने चर्चा चलिरहँदा माओवादी केन्द्रले रोल्पाबाटै नयाँ अनुहारलाई सभामुखमा पठाउने तयारी गरेको हो। स्रोतका अनुसार नयाँ संसदमा सभामुखको पदमा माओवादी नेता कृष्णबहादुर महरा हुनेछन्।

पटक-पटक प्रभावशाली मन्त्रालयसहित सरकारमा सहभागी भएका महरालाई माओवादी केन्द्रले यसपटक सभामुखमा पठाउने तयारी गरेको हो। माओवादी अध्यक्ष दाहालसमेत महरालाई सभामुख बनाउन तयार छन्।
आफू सभामुख बन्ने तय भएपछि महराले नयाँ सरकारको गृह मन्त्रालयका लागि रोल्पाकै वर्षमान पुनलाई अगाडि सारेका छन्।

बैठकमा कुन मन्त्रालय कसले लिने र ककसलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित दुई पार्टीका दर्जनभन्दा बढी नेताहरु सहभागी थिए। बैठकले मन्त्रालयको अन्तिम टुंगो लगाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ।

ओलीले मन्त्रीहरुको संख्या २० भन्दा कम गराउने सोच राखेको भएपनि एमाले र माओवादीमा मन्त्रीका आकांक्षीहरु धेरै भएपछि मन्त्री छान्न अप्ठ्यारो परेको स्रोतले जानकारी दियो।

स्रोतका अनुसार एमालेको तर्फबाट मन्त्री बन्ने दौडमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रविन्द्र अधिकारी, कृष्णगोपाल श्रेष्ठ, छविलाल विश्वकर्मा, पद्मा अर्याल, पार्वत गुरुङलगायत छन्।

यस्तै माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन, मातृका यादव, जयपुरी घर्ती, शक्ति बस्नेत र पम्फा भुसाल मन्त्रीका आकांक्षी छन्।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...