नेप्सेमा सामान्य गिरावट, साँढे ४२ करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

विहीबारको नेप्से परिसुचक ०.१ अंक अर्थात ०.०१ प्रतिशतले घटेर १३८६.९८ विन्दूमा बन्द भएको छ। कारोवारमा आएका १५७ कम्पनीको १० लाख ८६ हजार ४१ कित्ता सेयर ४२ करोड ५० लाख रुपैयाँमा किनबेच भएको छ।

सेयर बजार विहीबार १३८७.१० अंकमा खुलेको थियो। कारोबार अवधिभर १३८२.१३ विन्दूसम्म घटेको बजार सवा दुई बजे बढेर १३९५ अंक नाघेको थियो। तर अन्तिम समयमा बजार फेरि घटेर बन्द भएको हो।

विहीबारको कारोबारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सबैभन्दा धेरै ५ करोड ५० लाख रुपैयाँको किनबेच भएको थियो। दिनभरको कारोबारमा बोटलर्स नेपाल तराईको शेयर सबैभन्दा धेरै ३.९८ प्रतिशतले बढेको छ भने नागबेली लघुवित्तको सेयर ३.८३ प्रतिशतले घटेको छ।

कारोबार भएका उपसूचकमध्ये वाणिज्य बैंक, होटल, जलविद्युत, बिमा र लघुवित्त समूहको सूचक ओरालो लागेको छ। विकास बैंक, वित्त, उत्पादन र अन्य समूहको सूचक बढेको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...