नेपाल एअरलाइन्सबाटै कर्णालीको सहुलियत टिकट वितरण



हाम्रो इकोनोमि

नेपालगञ्ज विमानस्थलदेखि कर्णालीका सम्पूर्ण जिल्लामा उडान गर्ने विभिन्न एअरलाइन्सको सहुलियत टिकट वितरणको जिम्मा नेपाल एअरलाइन्स आफैँले लिने भएको छ ।

वर्षौंदेखि कर्णालीको सहुलियत टिकटमा हुने दुरुपयोग रोक्न एअरलाइन्सलाई नै वितरण गर्न निर्देशन दिइएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रतावबाबु तिवारीले बताउनुभयो ।

योभन्दा अगाडि सम्बन्धित जिल्लाका मान्छेद्वारा गठन गरिएको सेवा समाजलाई सहुलियत टिकट वितरणको जिम्मा दिंदा दुरुपयोग भएको उहाँले बताउनुभयो ।

निजी विमान कम्पनीलाई बिरामी, अशक्त, अपांग र विद्यार्थीलाई विशेष प्राथमिकतामा राखेर टिकट वितरण गर्नसमेत नागरिक प्राधिकरणले जारी गरेको पत्रमा उल्लेख छ ।

कर्णालीमा तारा, गोमा र सीता एअरलाइन्सले हप्तामा एउटा सहुलियत उडान गर्दै आएका छन् भने नेपाल एअरलाइन्सले भने हप्तामा दुईवटा सहुलियत उडान गर्दै आएको छ ।

प्रायः निजी विमान कम्पनीले चार्टर उडानलाई प्राथमिकतामा राखेर सहुलियत उडानमा ढिलाइ गर्ने गरेकाले हप्तामा एउटा मात्र गरिने सहुलियत उडानलाई प्राथमिकतामा राखेर उडान गर्न निजी विमान कम्पनीलाई आग्रहसमेत गरिएकोे छ ।

नेपालगञ्जदेखि हुने चार्टर उडानमा दुईतर्फी भाडा लाग्ने गर्दछ भने सहुलियत उडानमा एकतर्फी भाडा मात्रै लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...