क्रिकेटरले टिममा छनोट नभएपछि गरे आत्महत्या



हाम्रो इकोनोमि

पाकिस्तानका पूर्व क्रिकेटर आमिर हनिफका छोराले आत्महत्या गरेका छन्। यू–१९ क्रिकेट टिममा आफ्नो नाम छनोट नभएपछि मोहम्मद जरयाबले आत्महत्या गरेका हुन्।

उमेर बढी भएको भन्दै युथ–१९ टिममा समावेश गर्न अस्वीकार गरेपछि उनले आत्महत्या गरेको पाकिस्तानी समाचार संस्था जियो न्युजले जनाएको छ। मोहम्मद जरयाब कलेजमा प्रथम वर्षका छात्र थिए। जरयाबले जनवरीमा लाहोरमा भएको यू–१९ प्रतियोगितामा कराचीबाट प्रतिनिधित्व गरेका थिए। त्यहाँ उनलाई चोट लागेपछि घर पठाइएको थियो। उनले त्यतिबेला आफूलाई एक्लै घर पठाउने निर्णयको विरोध गरेका थिए।

यसपछि उनलाई पुनः टिममा समावेश गर्ने आश्वासन दिइएको थियो।

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...