बलात्कारको घटना मिलाउने दुईजना पक्राउ



हाम्रो इकोनोमि

पाँचथरको तुम्बेवा गाउँपालिका–३ मा भएको बलात्कारको घटना गाउँमै मिलाएको भन्दै प्रहरीमा पुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ ।

जबर्जस्ती करणी गरेको मुद्दामा पीडित बालिकाका आफन्तलाई आर्थिक प्रलोभन देखाई बलात्कारमा संलग्न तुम्बेवा–३ का मनकुमार सम्बाहाम्फेलाई उन्मुक्ति दिन पहल गरेको भन्दै प्रहरीले तुम्बेवा–३ का धनकुमार सम्बाहाम्फे र नेवारसिंह सम्बाहाम्फेलाई फागुन ८ गते नियन्त्रणमा लिएको हो । बलात्कारको घटनामा संलग्न भनिएका मनकुमारलाई प्रहरीले गत माघ २१ गते नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ ।

“हामीले गाउँमै मुद्दा मिलायौँ भन्दै प्रहरीमा आइपुगेका उनीहरुले पीडितका आफन्तलाई आर्थिक प्रलोभन देखाई पीडकलाई उन्मुक्ति दिन खोजेकाले नियन्त्रणमा लिई अनुसन्धान थालिएको हो”, जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले भन्नुभयो, “उनीहरुले बालिकाकी आमालाई आर्थिक प्रलोभन देखाई घटना भएको होइन भन्ने दाबी गर्न लगाएका थिए ।”

तर, मुद्दा मिलाउन बालिकाकी आमासहित प्रहरीमा पुगेका उनीहरुलाई प्रहरीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिई सार्वजनिक अपराध मुद्दामा कारबाही चलाएको हो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...