जब केपी ओलीले पत्नी राधिकालाई सयौका सामुन्ने प्रेमीले प्रेमिकालाई दिए झैँ गरी गुँरास च्याप्प समातेर दिए…



हाम्रो इकोनोमि

वाम एकताका लागि सघन छलफलकै बीच प्रधानमन्त्रीको कार्यभारको बोझले अत्यन्त्यै व्यस्त बनेका केपी ओली उपत्यकाको पश्चिम इन्द्रदह डाँडामा पुग्नासाथ एकाएक रोमान्टिक बने।

पत्नी राधिका शाक्यका साथ बुधवार ठाडै उकालो, साँघुरो र धुलाम्य कच्ची सडक हुँदै कार्गेडका साथ चन्द्रागिरी नगरपालिकाको वडा नम्बर एकको इन्द्रदहमा आयोजित पर्यटन महोत्सवको पानसमा बत्ती बालेर उद्घाटन गर्नासाथ प्रधानमन्त्री ओली अप्रत्याशित रुपमा रोमान्टिक बन्दा उनका अघिल्तिर रहेका स्थानीय आश्चर्यमा परे।

उनकी पत्नी राधिका शाक्य त लाजले भुतुक्कै भइन् र मुख छोपिन्। राधिकाले लजाउनु स्वाभाविक नै थियो त्यो बेला, पति ओलीको अनपेक्षित व्यवहारका कारण।

बाजागाजा र फूलमालासहित डाँडाभरी छपक्कै भएका स्थानीयको स्वागतबाट दंग परेका ओलीले पानस छेउमै राखिएको लालिगुराँस देखेर लोभिए।
त्यसैले गुँरास च्याप्प समाते र प्रेमीले आफ्नी प्रेमिकालाई गुलाफ दिएर प्रेम प्रस्ताव राखेझैँ गरी आडमै रहेकी पत्नी शाक्यलाई दिन खोजे।

राधिका लाजले भुतुक्कै भएर मुख छोप्दै सहभागीलाई हेरिन्। पति ओलीले दिएको गुराँस स्वीकार्न सहभागीको सांकेतिक आग्रहलाई उनले टार्न सकिनन् र ओलीतर्फ दश औंला फिजाइन्।

प्रधानमन्त्री ओली पनि के कम? तत्कालै पत्नी शाक्यको हात राखिदिए लोभलाग्दो गुराँसको फूल। र, बज्यो पर्रर ताली।

गत वर्ष फागुन नौं गते ओलीले पहिलोपटक यही डाँडामा आएर काजी कालु पाँडेको समाधिस्थलमा माल्यार्पण गरेका थिए र अर्को वर्ष फेरि आउने वाचा गरेका थिए।

त्यही वाचा पूरा गर्न मन्त्रिपरिषद् विस्तारको चटारोलाई थाँती राख्दै इन्द्रदह पुगेका थिए।

‘नेपाल एकीकरणमा कालु पाँडेको योगदान राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको भन्दा कम छैन’, फर्कँदै गर्दा ओलीले भने, ‘यो ठाउँमा कालु पाँडेको समाधिस्थल मात्र होइन उनको शालिक नै ठड्याउनुपर्छ।’

बीस वर्षअघि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कालु पाँडेको समाधिस्थललगायत अन्य ऐतिहासिक धार्मिक सम्पदा रहेको इन्द्रदह क्षेत्रलाई पर्यटन क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए।

डाँडामा पाँडेको समाधिस्थलमा माल्यार्पणसँगै उक्त घोषणा कार्यान्वयनको प्रतिवद्धता जनाउन समेत भ्याए ओलीले।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...