‘संघीय नेपालमा गुणस्तरीय शिक्षा’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डौंमा हुँदै



हाम्रो इकोनोमि

आगामी शुक्रबारदेखि काठमाडौंमा ‘संघीय नेपालमा गुणस्तरीय शिक्षा’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

संघीयतामा गएका मुलुकहरुको अनुभव हासिल गर्ने मुख्य उद्देश्यका साथ अन्तराष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्न लागिएको उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ, नेपाल ‘हिसान’का अध्यक्ष रमेशकुमार सिलवालले जानकारी दिए ।

बुधबार काठमाडौंमा सम्मेलनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संघीयता अनुसारको मुलुकको समग्र शैक्षिक नीति तय गर्न सम्मेलनले सरकारलाई सघाउ पु¥याउने विश्वास पनि व्यक्त गरे । सम्मेलनमा अमेरिका, चीन, भारत, बेलायत, अष्ट्रेलिया, क्यानडा, बंगलादेश, नेदरल्याण्ड, थाईल्याण्डसहित विभिन्न देशका प्राज्ञहरु सहभागी हुनेछन । २ दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ ।

सम्मेलनले नेपालको शैक्षिक क्षेत्रमा आवश्यक नीतिगत निर्णय लिन सघाउ पुर्याउने अपेक्षा गरिएको छ । सो कार्यक्रमको संञ्चालन रामहरी सिलवालले गनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...