आजै क्याबिनेट विस्तार गर्ने गरी ओली र प्रचण्डले यसरी मिलाए कुरो,यी बन्ने भए मन्त्री,देउवाले पठाए राष्ट्रपतिलाई यस्तो उपहार



हाम्रो इकोनोमि

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको वार्ता सकिएको छ। मन्त्री मण्डल विस्तारका सम्बन्धमा अन्तिम निर्णय गर्न ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको थियो।

पार्टी एकताको घोषणासँगै एमाले र माओवादीका नेतामा मन्त्री बन्ने दौडधुप सुरु भएको छ । एमाले र माओवादी पक्षका नेताहरु सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने विषयमा आन्तरिक छलफलमा जुटेका छन् ।

आकांक्षी धेरै भएकाले मन्त्रीको टुंगो लगाउन एमाले र माओवादी दुवैलाई अप्ठ्यारो परिरहेको छ । दुवै पक्षमा गुटगत रुपमा पनि छलफल भइरहेको छ । सकेसम्म बुधबार नभए बिहीबारसम्ममा मन्त्री बन्नेको नाम टुंगो लगाएर सरकार विस्तार गर्ने तयारी रहेको छ ।

एमालेमा भीम रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट वा योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रवीन्द्र अधिकारी, रघुवीर महासेढसहितका नेताको नाम चर्चामा छ ।

यसैगरी माओवादीमा वर्षमान पुन, रामबहादुर थापा बादल, जनार्दन शर्मा, देव गुरुङ, मात्रिका यादव, पम्फा भुषालसहितका नेताको नाम चर्चामा रहेको छ । अरु नेताहरु पनि आफू मन्त्री बन्ने कसरतमा लागेका छन् । त्यसका लागि बुधबार बिहानैदेखि नेताहरु छलफलमा जुटेका छन् ।

नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान उपहार दिँदै छ ।

राष्ट्रियसभामा तीन सदस्य मनोनित गर्दा राष्ट्रपतिले असंवैधानिक काम गरेको भन्दै तरुण दलले त्यसको विरोधमा राष्ट्रपति भण्डारीलाई बुधबार दिउँसो ३ बजे संविधान उपहार दिन लागेको हो ।

राष्ट्रपति भण्डारीले मंगलबार सरकारले सिफारिस गरेको केही घण्टामै तीनजनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको सिफारिस उल्ट्याउँदै नयाँ नाम सिफारिस गरेको थियो ।

देउवा सरकारले गरेको सिफारिस दुई हप्ता अड्याउने राष्ट्रपतिले ओली सरकारको सिफारिस केही घण्टामै अनुमोदन गरेको तथा यो संविधानमा व्यवस्था भएको नियम विपरित रहेको भन्दै कांग्रेसले विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...