एक वर्षदेखि दूषित खानेपानी उपभोग गर्दै स्थानीय बासिन्दा



हाम्रो इकोनोमि

बनेपा नगरपालिका–८ र ९ का बासिन्दाले एक वर्ष अगाडिदेखि नै खानेपानी संस्थान बनेपाले वितरण गरेको धारामा आएको दूषित पानी उपभोग गर्दै आएका छन् ।

नौ नं वडा, शाही टोलमा पशुबध गरेर जथाभावी फोहोर फालेका कारण त्यस्तो समस्या बढ्दै गएको स्थानीय बासिन्दा बताउँछन् । बनेपा नगरपालिका–९ का मनुहरि पोटेले आफूहरुले एक वर्षअगाडिदेखि त्यस्तै फोहोर मिसिएर आएको दूषित पानी उपभोग गर्दै आएको बताउनुभयो । “हामीले विगत एक वर्षअगाडि देखि त्यस्तै फोहोर मिसिएको गन्हाएको पानी खाँदै आइरहेका छौँ, वडा कार्यालयमा पटक पटकभन्दा पनि हाम्रो कुराको सुनुवाइ भइरहेको छैन ।” पोटेले भन्नुभयो, “धाराको पानीमा कहिले जमेको रगतको डल्लो नै आउँछ, कहिले मासु र आन्द्राको डल्लो आउँछ ।”

सोही टोलकी निर्मला श्रेष्ठले ढल र खानेपानीको पाइप सँगै राखिएको कारण खानेपानी धारामा फोहोर मिसिएको बताउनुभयो । “हामीले प्रयोग गर्ने खानेपानीको पाइप र ढलसँगै राखिएको छ, जसका कारण पनि इन्टेकमा फोहोर पसेर यस्तो समस्या खेप्नुपरेको हो, पाइपलाई छुट्याएर राख्नुप¥यो”, श्रेष्ठले भन्नुभयो, “सो विषयमा जति पटक वडा कार्यालयमा भने पनि नसुने झैँ गरेर बसेको छ ।”

बनेपा नगरपालिका–९ की शर्मिला प्रजापतिले हिँड्डुल गर्ने बाटामा नै भँैसी बाँध्ने र फोहोर गर्ने गरेका कारण समस्या व्यहोर्दै आएको समस्या सुनाउनुभयो । “हिँड्ने बाटोमा भैँसी बाँधेर बाटो नै छेकिन्छ, कहिले फोहोरको डंगुर नै थुपारेर राखेको हुन्छ”, प्रजापतिले भन्नुभयो, “जतिभन्दा पनि सुधार गर्दैन, उल्टै हामीलाई नै गाली गर्छन् ।” बधशाला व्यवस्थित गरी टोलको सरसफाइ गर्नका लागि नगर प्रमुखले तत्काल ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

नगरपालिका–८ र ९ को सिमानामा पर्ने दक्षुटोलस्थित खानेपानीको इन्टेक राखिएको ट्यांकीमाथि रहेको शाही टोलमा पशुबध गरेर फालिएको रगत, मासुका डल्ला, आन्द्रालगायत फोहोर पठाउँदा खानेपानी दूषित बन्न गएको स्थानीय बासिन्दाको भनाइ छ । त्यहाँका दुई वटा वडाका करीव तीन सय घरपरिवारले उक्त खानेपानी उपभोग गर्दै आएका छन् ।

स्थानीय बासिन्दाले आफ्नो धारामा आएको पानी बोतलमा थापेर नगरपालिकामा नै पुगी नगर प्रमुखसमक्ष देखाउँदै आफूहरुले व्यहोर्दै आएको समस्या देखाएपछि मात्रै उक्त कुरा थाहा भएको नगरप्रमुख लक्ष्मीनरसिंह वादेले बताउनुभयो । “यो ठूलो समस्या हो, हामी तत्कालै यसको समाधान गर्छौं, खानेपानी कार्यालयका अधिकृतहरुलाई समेत बोलाएर देखाइसकेका छौँ,” वादेले भन्नुभयो, “यो खबर पाउनासाथ म यहीँ आएर हेरिसकेँ, तत्काल समस्याको समाधान हुन्छ ।” उहाँले टोलवासी र कार्यालयका प्राविधिकसमेत राखेर समस्याको समाधान छिट्टै गरिने प्रतिबद्धता जनाउनुभयो ।

खानेपानी संस्थान बनेपाका सबइञ्जिनीयर विजय श्रेष्ठले कार्यालयका प्रमुख केही दिनअगाडि मात्रै सरुवा भएको उल्लेख गर्दै अब हामीले गर्नुपर्ने ठाउँबाट सकेको काम गर्नेछौँ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...