१७ अंकले घट्यो नेप्से, साँढे ४० करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

मङ्गलवार नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर १ हजार ३ सय ९६ दशमलव ७२ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव २२ प्रतिशतले घटेको हो ।

सो दिन कारोबार भएका १० समूहको परिसूचकमा होटल समूह र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । लघुवित्त समूहको परिसूचक २ दशमलव २१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव शून्य २ प्रतिशतले घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो । साथै, पाँच समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबारमा आएका १ सय ६० कम्पनीको १० लाख १९ हजार ६ सय ९० कित्ता शेयर रू.४० करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ओम डेभलपमेन्ट बैंकको सबैभन्दा बढी संस्थापक सेयर कारोबार भएको छ । नेपाल लाईफको प्रतिकित्ता १ हजार १ सयमा ५ करोड ७० लाख ६२ हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।

यस्तै ओम डेभलपमेन्टको पनि प्रतिकित्ता २४० मा २ करोड १५ लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार सबैभन्दा बढी बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

बोटलर्सका लगानीकर्ताले प्रतिकित्ता ३९७ रुपैयाँ गुमाएका छन् । यस्तै नेसनल माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, जनउत्थान सामुदायीक लघुवित्त र समिट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...