१७ अंकले घट्यो नेप्से, साँढे ४० करोडको सेयर कारोवार



हाम्रो इकोनोमि

मङ्गलवार नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर १ हजार ३ सय ९६ दशमलव ७२ विन्दुमा पुगेर बन्द भएको छ । नेप्से परिसूचक १ दशमलव २२ प्रतिशतले घटेको हो ।

सो दिन कारोबार भएका १० समूहको परिसूचकमा होटल समूह र ‘अन्य’ समूहको परिसूचक बढेको छ भने बाँकी आठ समूहको परिसूचक घटेको छ । लघुवित्त समूहको परिसूचक २ दशमलव २१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव शून्य २ प्रतिशतले घटेपछि नेप्से परिसूचक घट्न पुगेको हो । साथै, पाँच समूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबारमा आएका १ सय ६० कम्पनीको १० लाख १९ हजार ६ सय ९० कित्ता शेयर रू.४० करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ ।

मंगलबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ओम डेभलपमेन्ट बैंकको सबैभन्दा बढी संस्थापक सेयर कारोबार भएको छ । नेपाल लाईफको प्रतिकित्ता १ हजार १ सयमा ५ करोड ७० लाख ६२ हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ ।

यस्तै ओम डेभलपमेन्टको पनि प्रतिकित्ता २४० मा २ करोड १५ लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार सबैभन्दा बढी बोटलर्स नेपाल तराई लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।

बोटलर्सका लगानीकर्ताले प्रतिकित्ता ३९७ रुपैयाँ गुमाएका छन् । यस्तै नेसनल माइक्रोफाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, जनउत्थान सामुदायीक लघुवित्त र समिट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...