पुस्तक पसलमा आगलागी हुँदा रु ३५ लाख क्षति



हाम्रो इकोनोमि

सदरमुकाम जुुम्ला खलंगास्थित एक पुस्तक पसलमा आज बिहान आगलागी हुँदा रु ३५ लाख क्षति भएको छ ।

बिहान ४ः४५ बजे चन्दननाथ नगरपालिका– ५ जुम्लास्थित जिपी पुस्तक पसलमा विद्युत् चुहिएर पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक डा तपनकुमार दाहालले जानकारी दिनुभयो । प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा आगलागी एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।

पसलका पुस्तक जलेर नष्ट भएपछि वितरणमा समस्या आएको पसलका प्रोपाइटर गणेशबहादुर रोकायाले दुखेसो पोख्नुभयो । “जुम्लाका १६८ सामुदायिक विद्यालयसहित डोल्पा जिल्लाका तल्लो भेकका विद्यालयका लागि पुस्तक वितरणको जिम्मेवारी लिएका थियौँ, दुर्भाग्यवशः क्षति व्यहोर्नुप¥यो,” उहाँले भन्नुभयो । उहाँका अनुसार कक्षा १ देखि स्नातक तहसम्मका पाठ्यपुस्तक र पाठ्य सामग्रीमा बढी क्षति पुगेको छ ।

निजी क्षेत्रबाट रु २५ लाख र जनक शिक्षा सामग्री लिले अहिलेसम्म रु एक करोडभन्दा बढी पाठ्यपुस्तक छपाइ गरिसकेको शिक्षा विभागले जनाएको छ । अपुग भएका पाठ्यपुस्तक फेरि छपाइ गरेर भए पनि एक साताभित्र विद्यार्थीको हातहातमा पु¥याइने शिक्षा विभाग शैक्षिक सामग्री व्यवस्थापन शाखाका शाखा अधिकृत कविराज उपे्रतीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...