मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन आवश्यक : पौडेल



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवद्र्धन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

अठसट्ठियौँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति तनहुँद्वारा आज दमौलीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रजातन्त्र र लोकतन्त्रलाई जीवन्त राख्न तमाम नेपालीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

निर्वाचनपछि मुलुक आर्थिक समृद्धिमा अगाडि बढेकाले जनताले परिवर्तनको अनुभूति गर्ने उहाँको विश्वास छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कलिला खान, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्यद्वय डोबाटे विक र सरिता गुरुङ, पूर्व सांसद रामचन्द्र पोख्रेल, एमालेका वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, जिसस उपप्रमुख पवित्रा पौडेललगायतले लोकतान्त्रिक मूल्य मान्यताको उचित संरक्षण हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...