अन्तर्राष्ट्रिय कृषि मेलामा रु १० करोड कारोवार



हाम्रो इकोनोमि

झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेला राज्धानीको भृकुटीमण्डपमा आज सम्पन्न भएको छ ।

नेपाल, भारत, बंगलादेश, मलेसिया, चीन, इजराइल, इटली, जर्मनी, बेल्जियम, नेदरल्याण्डसलगायत मुलुकका विभिन्न व्यवसायीले सञ्चालन गरेको प्रदर्शनीकक्ष प्रदर्शनीमा राखिएको थियो । कृषिको आधुनिकीकरण, व्यावसायीकरण र यान्त्रिकीकरणलाई जोड दिने उद्देश्यले बिहीबारदेखि शुरु भएको सो मेलामा रु १० करोडभन्दा बढी रकमको कारोवार भएको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मिडिया स्पेश सोलुसन्स प्रालि, अन्तर्राष्ट्रिय ट्र्याक्टर लिमिटेड ९सोनालिका०, महेन्द्रा कम्पनी, पोषकदाना, नेपाल पोल्ट्री महासंघ, कृषि उद्यम केन्द्र–नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल कृषि सहकारी केन्द्रीय महासंघको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा साना औजार, यन्त्रदेखि कृषि, दुग्ध उद्योग तथा पशुपक्षीपालन उद्योगमा प्रयोग हुने ठूला उपकरणको बिक्रीवितरण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...