ओली सरकारमा मन्त्री हुनेको यस्तो बन्यो अन्तिम सुची,ओली र प्रचण्डको गोजीमा रहेको लिस्टमा यी नाम अटाए



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेसंगै मन्त्री बन्नका लागि नेताहरुले दौडधुप सुरु गरेका छन् ।

माओवादी केन्द्रको समर्थनमा बिहीबार प्रधानमन्त्रीको सपथ लिएसंगै ओलीले एमालेबाट दुईजनालाई मन्त्री बनाएका थिए । जनसंख्या तथा वातावरण मन्त्रीमा लालबाबु पण्डित र महिला बालबालिका तथा समाजकल्याणमन्त्रीमा थममाया थापालाई नियुक्त गरिएको छ ।

शक्तिशाली र महत्वपूर्ण मानिएका मन्त्रालय खाली रहेकाले यी मन्त्रालयमा आफ्नो दावी पेश गर्दै एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधुप तिब्र बनाएका छन् । एमाले र माओवादी केन्द्र दुबैदलमा आकांक्षीको संख्या धेरै रहेकाले मन्त्री छनोट गर्न सकस देखिएको छ । एमालेमा महासचिवदेखि केन्द्रिय सदस्यसम्मका नेताहरुले मन्त्री बन्ने आकांक्षा देखाएका छन् ।

एमालेबाट महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, सचिव योगेश भट्टराई, सुरेन्द्र पाण्डेको सम्भावना बलियो देखिएको छ । पोखरेल, पौडेल, ज्ञवाली र पाण्डेले अर्थमन्त्रीमा आकांक्षा राखेको स्रोतले बताएको छ । चारजनाले अर्थमन्त्रीमा दावी गरे पछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीमाथी उनीहरुको व्यवस्थापन गर्न सकस परेको छ । स्रोतका अनुसार ओली यसअघि आफू नेतृत्वको सरकारका पालामा अर्थमन्त्री बनेका विष्णु पौडेललाई नै दोहोर्याउने मनस्थितिमा छन् ।

यस्तै मन्त्री बन्नका लागि उपाध्यक्ष भिम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिव गोकर्ण विष्ट, युवा नेता रवीन्द्र अधिकारी पनि दौडधुप सुरु गरेका छन् । काठमाडौंका कृष्णगोपाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, चितवनका कृष्णभक्त पोखरेलको पनि चर्चा चलेको छ ।

यस्तै एमालेमा भक्तपुरवाट निर्वाचित महेश बस्नेत, काभ्रेका गोकुल बास्कोटा र सिन्धुपाल्चोकका शेरबहादुर तामाङको पनि मन्त्रीमा चर्चा छ । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजीत गर्ने किशान श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजीत गर्ने पद्मा अर्यालको पनि चर्चा छ । कांग्रेस नेत्री आरजु राणा देउवालाई पराजीत गर्ने नारदमुनी रानाको चर्चा छ ।

माओवादी केन्द्रमा पनि दौडधुप तिब्र

पार्टी एकताको निर्णय नभएसम्म सरकारमा सहभागी नहुने मनस्थितिमा रहेको माओवादी केन्द्रमा पनि मन्त्री बन्नका लागि भने दौडधुप सुरु भइसकेको छ । एक दुई दिनमा नै पार्टी एकताको निर्णय हुने सम्भावना देखिएपछि माओवादी नेताहरुले मन्त्री बन्नका लागि दौडधुप तिब्र बनाएका हुन् ।

माओवादी केन्द्रले कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित नभए पनि मन्त्री बन्नका लागि नेताहरुले शीर्ष नेताहरुसंगको भेटघाट र छलफललाई तिब्र बनाएका छन् । माओवादीमा वर्षमान पुन, टोपबहादुर रायमाझी, देव गुरुङ, अग्नि सापकोटा, शक्ति बस्नेत, पम्फा भुषाल, देवेन्द्र पौडेल, चक्रपाणी खनाल, हितबहादुर शाही लगायतका नेताहरुको चर्चा छ ।

माओवादी केन्द्रले शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकाहरुलाई सकेसम्म नदोर्याउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...