सेञ्चुरी बैंकमा २ सय १४ जनालाई रोजगारीको अवसर



हाम्रो इकोनोमि

सेञ्चुरी बैंकले सहायक प्रवन्धक देखि सहायक प्रशिक्षार्थी सम्म गरेर २ सय १४ जना कर्मचारी मागेको छ। बैंकले केन्द्रीय कार्यालय र उपत्यकाबाहिरका विभिन्न शाखाको लागि कर्मचारी माग गरेको हो।

बैंकले २ जना ब्रान्च म्यानेजर, १३ जना बरिष्ठ अधिकृत, २३ जना अधिकृत, ३६ जना सहायक अधिकृत, १८ जना सुपरभाइजर, २४ जना बरिष्ठ सहायक, ४ जना सहायक, ४ जना प्राविधिकतर्फको म्यानेजमेन्ट ट्रेनी, १५ जना म्यानेजमेन्ट ट्रेनी, ७५ जना सहायक प्रशिक्षार्थीको माग गरेको छ। बैंकले सहायक प्रवन्धकको लागि व्यवस्थापनमा स्नातकोत्तर गरेको तथा ७ वर्षको अनुभव भएको हुनुपर्ने जनाएको छ।

बरिष्ठ अधिकृतको लागि स्नाकोत्तरमा म्यानेजमेन्ट आइटी गरि न्यूनतम ५ वर्षको अनुभव, अफिसरको लागि व्यवस्थापनमा स्नातकोत्तर गरी ३ वर्षको अनुभव, सहायक अफिसरको लागि स्नातक गरी ३ वर्षको अनुभव, सुपरभाइजरको लागि स्नातक गरी एक वर्षको अनुभव, सहायकको लागि स्नातक गरि एक वर्षको अनुभव, प्राविधिक तर्फको म्यानेजमेन्ट ट्रेनीको लागि आइटिमा इन्जिनियरिङ गरेको हुनुपर्ने बैंकले जनाएको छ। म्यानेजमेन्ट ट्रेनीको लागि व्यवस्थापनमा स्नताकोत्तर गरेको हुनुपर्नेछ।

बैंकका अनुसार सहायक ट्रेनीको लागि प्लस टु गरेको हुनुपर्नेछ। मेरो जव डटकमबाट फागुन १३ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...