पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु



हाम्रो इकोनोमि

हेटौँडा उपमहानगरपालिका वडा नं. ११ स्थित हेटौँडा नारायणगढ सडकखण्डको सरस्वती खोलामा पानीट्याङकरले मोटरसाइकललाई ठक्करदिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्युहुनेमा मोटरसाइकल चालक नवलपरासी सुनौल नगरपालिका–८ का २६ वर्षीय प्रेमबहादुर क्षेत्री र मोटरसाइकलमा सवार चितवन महानगरपालिका–११ का २० वर्षीय माया क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडाबाट माडीतर्फ जाँदै गरेको ना३त ६०२७ नम्बरको पानीट्याङकरले चितवनको भरतपुरबाट हेटौँडातर्फ आइरहेको ना४५प ३८२६ नम्बरको मोटरसाइकललाई ठक्करदिँदा गएराति दुबै जनाकोे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौँडा उपमहानगरपालिका–१४ पद्म पोखरीबाट हेटौँडातर्फ आउँदै गरेको ना६त ३४१३ नम्बरको ट्याक्टर स्थानीय कुखरेनी खोलामा दुर्घटना हुँदा ट्याक्टरका सहचालक हेटौँडा–१४ का २९ वर्षीय सोमबहादुर लामाको गएराति सोहि ट्याक्टरमा च्यापिएर मृत्यु भएको पशुपतिनगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...