आज बस्ने भनेको एकता संयोजन समितिको बैठक स्थगित,ओली र प्रचण्ड बीच यसरी मिलेन कुरा



वाम एकता (एमाले र एकीकृत माओवादी एकीकरण) को प्रयासलाई अन्तिम रुप दिन आइतबारका लागि बस्ने भनिएको एकता संयोजन समितिको बैठक स्थगित भएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच शनिबार बालकोटमा भएको वार्तापछि आइतबारका लागि एकता संयोजन समितिको बैठक बस्ने तय भएको थियो ।

तर दुई पार्टीका अध्यक्षबिच नै एकताका विषयमा मिल्न बाँकी कुरामा सहमतिको खाँचो रहेको र त्यसका लागि दुई शीर्ष नेताबिच अन्तिम चरणाको वार्ताको खाँचो रहेको भन्दै एकता संयोजन समितिको बैठक स्थगित गरिएको हो ।

हिजो बालकोटमा वार्ता गरेका ओली र प्रचण्डबिच आइतबार बिहान ११ बजेपछि भक्तपुरमै माओवादीका एक कार्यकर्ताको घरमा गोप्य छलफल हुने तय भएको छ । ओली र प्रचण्डबिच आइतबार लामो वार्ता हुने र एकतामा बाधा बनेर तेर्सिएका तगारो हटाउने प्रयास हुने स्रोतले बताएको छ ।

आइतबारको ओली–प्रचण्ड वार्ता वाम एकताका लागि ‘ब्रेक–थ्रु’ बनाउने तयारी रहेको स्रोतको दाबी छ । ओली–प्रचण्ड वार्तापछि सोमबार एकता संयोजन समितिको बैठक बस्ने सम्भावना रहेको नेताहरुले बताएका छन् ।

ओली–प्रचण्डबिचको वार्ताको स्थान खुलाईएको छैन भने दुई अध्यक्षबिच के–के विषयमा कुरा मिल्न बाँकी छ भन्ने कुरा पनि बाहिर आएको छैन ।

सिद्धान्त तथा पदीय भागबण्डामा कुरा अड्किँदा गएको बुधबारपछि एकता संयोजन समितिको बैठक बस्न सकेको थिएन ।

तर शनिबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालकोटमा भएको छलफलले रोकिएको एकता छलफलको बाटो फेरि खोलेको थियो ।

अड्किएको एकता प्रक्रिया शनिबार ओली र प्रचण्डबिच भएको बालकोट वार्ताले अघि बढाएको देखिए पनि आइतबार फेरि एकता संयोजन समितिको बैठक स्थगित गरेर दुई अध्यक्ष गोप्य छलफलमा बस्नुले मिल्न बाँकी कुरा अझै रहेको देखिन्छ । यसलाई चिर्न दुवै पक्षका नेतामा ग्याग गर्न सक्ने खुबीको खाँचो भने रहेको छ ।

प्रतिक्रिया दिनुहोस
पतञ्जलि जग्गा प्रकरणम : माधव नेपाल विशेष अदालतमा हाजिर हुदै

    पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा हाजिर हुँदैछन्

अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन

    अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका