वाम एकता लम्बिँदै, राजपा र फोरम सरकारमा जान तयार



हाम्रो इकोनोमि

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणको प्रक्रियामा दोस्रो तहका नेताले पार्टीभित्र आफ्नो हैसित कस्तो हुने भन्ने विषयलाई प्राथमिकतामा राखेका कारण टुंगोमा पुग्न नसकेको लेखेको छ ।

दोस्रो तहका नेताले पार्टी एकता सफल पार्नुभन्दा पनि पार्टी एकतापछि आफ्नो पोजिसन के रहने भन्नेबारे टुंग्याउनुपर्ने भन्दै सैद्धान्तिक तथा वैचारिक विषय अघि सारेर एकतामा अड्को थापेको समाचारमा उल्लेख छ ।

दुई पार्टीबीच एकताका लागि आधारभूत विषय टुंगो लाग्न नसक्दा माओवादीले सरकारमा मभन्त्रीहरु पठाउन रोकेर राखेको छ । गत बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीको समर्थनमा प्रधानमन्त्री हुँदै सानो आकारको मन्त्रिपरिषद् विस्एतार गरे पनि एकताको विषय नटुंगिएको भन्दै माओवादी केन्द्र सहभागी भएको छैन ।

मधेसकेन्द्रित राष्ट्रिय जनता राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालले केप ओली नेतृत्वको सरकारमा सहभागी हुने विषयमा ग्रिन सिग्नल देखाएका छन् ।
संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न ओली लचिलो भए राजपा र फोरम सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकारात्मक देखिएको नागरिक दैनिकको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीले सत्तारुढ हुनुअघि नै राजपा अध्यक्षमण्डल संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेट गरी आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

स्रोतको हवाला दिँदै नागरिक दैनिक लेख्छ–ओलीले ठाकुरसँग काठमाडौंको एक होटल र यादवसँग आफ्नै निजी निवास बालकोटमा कुराकानी गरेका थिए ।

समाचार अनुसार वार्तामा ओलीले आफू संविधान संशोधन विरोधी नभएको भन्दै मधेसलाई समेटेर अघि बढ्ने बताएका थिए । नेतात्रयबीच सरकार गठअघि अर्को चरणमा कुराकानी गर्ने सहमति भएको थियो । तर माओवादीसँगको एकता प्रक्रियामा ओली व्यस्त भएकाले छलफल हुन सकेको छैन ।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले संविधान संशोधन र मधेस मुद्दा सम्बोधन गर्न प्रधानमन्त्रीले समयसीमा राखेर प्रतिबद्धता जनाए सरकारमा सहभागी हुने विषयमा छलफल गर्न सकिने नागरिकसँग बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सन्तोष परियारले छाडे पनि रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन्...

सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा-दम्पती

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् ।...

नबिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

    नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत...

दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार...