दाजुले बहिनी बलात्कार गरी यसरी मारे,घटना दबाउन को-को भए सक्रिय?



हाम्रो इकोनोमि

सप्तरीमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। खडक नगरपालिका ९ लालपत्ता निवासी पार्वतीकुमारी मण्डललाई बलात्कारपछि हत्या गरेको आरोपमा मृतकका ठूलाबुबाका छोरा १८ वर्षीय राजदेव पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार राजदेवले गत माघ २५ गते बहिनीको बलात्कार गरी हत्या गरेका थिए। घटनालाई परिवारले नै गुपचुप राख्न खोजेका कारण अनुसन्धान प्रक्रिया जटिल र लामो भएको एसपी मुकेशकुमार सिंहले जनाए।

आफ्नै कोठामा सुतिरहेकी बालिकालाई बलात्कार गरेर कुर्ताको तुनाले घाँटी बाँधेर हत्या गरिएको सिंहले बताए। ‘बालिका चिच्याएपछि घटना सार्वजनिक हुने डरले लुकाउन खोज्दा अर्को घटना घटेको पाइयो,’ एसपी सिंहले भने, ‘त्यसपछि पनि परिवारका सबै मिलेर घटनालाई दवाउने प्रयास भयो।’

बालिकाको मृत्यु भएपछि गाउँमै जलाउने प्रयास हुँदै गर्दा मावलीपटिका हजुरबाले ‘शरीर तातो छ, उपचार गराउनुपर्छ’ भन्दै स्थानीय मेडिकल पसलमा पु¥याएपछि घटनाबारे खुलासा भई प्रहरीको जानकारीमा आएको सिंहले जनाए।

‘बालिका मरिसकेको थाहा पाएपछि मेडिकलले बहाना बनाएर लहान अस्पताल पठायो,’ उनले घटनाबारे भने, ‘घाँटीमा डोरीको डाम देखिएपछि अस्पताल मार्फत हामीलाई जानकारी भयो।’

पोस्टमार्टमका क्रममा डाक्टरले नै बलात्कारको आशंका गरेको र अनुसन्धानका क्रममा सबै कुरा खुल्दै गएको प्रहरीले जनाएको छ। लगत्तै पोस्टमार्टम र चेकजाँचका लागि शवलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र रिपोर्ट आएपछि थप कानुनी प्रक्रिया अघि बढाइने सिंहले बताए।

यसैगरी, दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी १३ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको छ। पीडित बालिकाका अभिभावकको मौखिक उजुरीका आधारमा शुक्रबार बालकलाई पक्राउ गरिएको एसपी सिंहले बताए। राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा बालिकाको चेकजाँच तथा उपचार भइरहेको उनले जानकारी दिए।

सप्तरीमा चालु आर्थिक वर्ष २०७४÷७५ मा १७ वटा बलात्कारका मुद्दा दर्ता भएका छन्। जसमा १९ जनालाई पक्राउ गरी कारबाही गरिएको छ भने ३ जना फरार छन्। यसैगरी, सोही अवधिमा बलात्कार उद्योगका १० ओटा मुद्दा दर्ता भएको र १० जनालाई पक्राउ गरी कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...