प्रचण्डले बोली फेर्दै भने-एमालेसँग आजभोलि नै सहमति हुन्छ,केही कुरा मात्र मिल्न बाँकी छ



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता लगायत सरकार निर्माणको विषयमा एमालेसँगको छलफल सकरात्मक रहेको बताएका छन्।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै प्रचण्डले उपरोक्त कुरा बताएका हुन्।
उनले भने, ‘एमालेसँग पार्टी एकता, मन्त्रालय बाँडफाँड, सरकार निर्माण र राजनीतिक नियुक्तिका विषयमा सहमति बनाउने प्रयास भइरहेको छ।’
माओवादी केन्द्रले सरकारमा मन्त्री नपठाउँदा प्रश्न उब्जेको बताउँदै प्रचण्डले पार्टी एकता र सरकारमा सहभागिताबारे आजभोलि नै सहमति भइसक्ने दावी गरे।
हिजोका कमजोर सरकारले गर्न नसकेका काम अहिलेको सरकारले गरेर देखाउने बताउँदै उनले नयाँ सरकार गुणात्मक रुपले धेरै काम गर्ने दावी पनि गरे। हिजो उनै प्रचण्डले एमाले संग एकता नहुने बताएका थिए।

यता प्रदेश नं ३ को स्थायी राजधानी हेटाैँडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नं ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरुले जोड दिएका छन्।
उनीहरुले यसअघिको काम चलाउ सरकारले जनताको भावना र चाहना विपरित भौगोलिक अवस्थालाई समेत मूल्यांकन नगरी हचुवाको भरमा हेटौँडालाई अस्थायी राजधानी तोकेकाले अन्यत्रै राजधानी सार्नुपर्नेमा जोड दिएका हुन्।

भ्रेका सांसद गोकुल बास्कोटाले रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा प्रदेश नं ३ को भौगोलिक अवस्थालाइृ हेर्दा हटौँडा राजधानीका लागि उपयुक्त नभएको बताए।

प्रदेश सांसदहरुको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिंदै उनले यस प्रदेशको राजधानी काभ्रे नै उपयुक्त हुने दाबी समेत गरे।

हेटौँडा कुनै पनि हालतमा राजधानी हुननसक्ने भन्दै दोलखाका सांसद पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने धारणा व्यक्त गरे। हेटौँडामा अहिले स्थायी राजधानीका लागि खोलिएको बम्पर उपहार योजना गलत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उनको भनाइ थियो।

भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा– १ का सदस्य शशिजंग थापाले काम चलाउ सरकारको प्राविधिक टोलीलेसमेत भक्तपुर र बनेपामध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रुपमा प्रस्तुत गरिए पनि सरकारका केही मन्त्रीको चलखेलले हेटौँडा लगिएको आरोप लगाए।
उनले प्रदेशसभामा यो विषयले एजेण्डाका रुपमा उठान पाउनासाथ प्रदेश नं ३ को राजधानी भक्तपुर अथवा काभ्रे हुनेसमेत दावी गरे।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...