एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेको छः मन्त्री पण्डित



हाम्रो इकोनोमि

जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकाले चाँडै एकता घोषणा हुने बताउनुभयो ।

मन्त्री पण्डितले केही दिनभित्रै विस्तार हुने मन्त्रिमण्डलमा माओवादी केन्द्र सहभागी हुने विश्वास व्यक्त गर्दै आफ्नो कार्यकालमा काठमाडौँको वातावरणलाई स्वच्छ बनाउनका लागि दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सरकारको प्रमुख नीति तथा कार्यक्रम विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने चर्चा गर्दै उहाँले भन्नुभयो, “हाम्रो चाहना सुखी तथा खुसी हुनुपर्छ, त्यसैका लागि हामी मरिमेटेर काम गर्छौं ।”

मन्त्री पण्डितले वातावरणलाई मानवमैत्री बनाउनका लागि जनसंख्यालाई सन्तुलन बनाउनुपर्ने र यसका लागि जनसंख्या नियन्त्रणमा जोड दिइनेछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...