लघुवित्तको ७० प्रतिशत हकप्रद आउँदै, भर्ने हैनत तपाईँ पनि



हाम्रो इकोनोमि

सूर्योदय लघुवित्तले माघ २५ गतेसम्म कायम शेयरधनीको लागि चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।

संस्थाले प्रतिशेयर एक सय रुपैयाँको दरमा २ लाख ८० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको हो। हकप्रदको बिक्री फागुन २५ गतेदेखि चैत्र २८ गतेसम्मको लागि खुल्ला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमर्इ क्यापिटलले जनाएको छ।हकप्रद आवेदनको लागि ग्लोबल आइएमर्इ क्यापिटल जमल, सूर्योदय लघुवित्तको केन्द्रिय तथा शाखा कार्यालयहरु र आस्वा सुविधा भएका सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु रहेका छन्।

संस्थाको हालको अधिकृत पूँजी ६ करोड रुपैयाँ छ भने हालको चुक्ता पूँजी ४ करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि चुक्ता पूँजी ६ करोड ८० लाख रुपैयाँ पुग्नेछ। जसमा ७० प्रतिशत अर्थात ४ करोड ७६ लाख रुपैयाँ संस्थापकको र ३० प्रतिशत अर्थात २ करोड ४ लाख रुपैयाँ सर्वसधारणको हुनेछ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...