ज्योतिषीको सल्लाह अनुसार आज बालुवाटार छाड्दै देउवा



हाम्रो इकोनोमि

हिजै मात्र राजीनामा दिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्दैछन्।

बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका उनले आज दिउँसो बालुवाटार छोड्ने तयारी गरेका हुन्। उनी गत असार ५ गते बिहान ५स्२२ बजे बालुवाटार प्रवेश गरेका थिए। २०७४ जेठ २३ गते प्रधानमन्त्री नियुक्त भए पनि उनी ज्योतिषीको सुझाव अनुसार नै ढिलोगरी बालुवाटार गएका थिए।

ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएका छन्, स्रोतले भन्यो, त्यसैले उहाँले फागुन ५ गतेअघि नै बालुवाटार छाडिसक्नुहुनेछ।

सरकारी निवास छाडेपछि उनी निजी निवास बूढानीलकण्ठ जानेछन्। देउवाको राजीनामापछि हिजै एमाले अध्यक्ष केपी ओली नयाँ प्रधानमन्त्री नियुकत भएका छन्।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...