कर्मचारी संयोजन कठिन कार्य : मन्त्री बोहरा



हाम्रो इकोनोमि

स्वास्थ्य मन्त्री दीपक बोहराले कर्मचारी संयोजन कठिन कार्य भएको बताउनुभएको छ ।

आज मन्त्रालयद्वारा आयोजित बिदाइ कार्यक्रममा मन्त्री बोहराले भन्नुभयो, “कर्मचारी संयोजनको काम कठिन छ । संघीयतामा सबैलाई स्वीकार्य हुने गरी स्वास्थ्य मन्त्रालयका महाशाखाहरु राख्ने विषयमा पनि छलफल भइरहेको छ । समयको अभावले चाहेका धेरै काम गर्न सकिएन ।”

“स्वास्थ्यमा बीमा कार्यक्रम निकै राम्रो शुरुआत हो, क्यान्सर, मुटुरोग र स्पाइनर इञ्जुरीबाट पक्षघात भएका बिरामीका लागि मासिक पाँच हजार भत्ताको व्यवस्थाले पनि बिरामीलाई केही सुविधा हुनेछ”, उहाँले भन्नुभयो ।

गत जेठ २३ गते नेकपा (माओवादी केन्द्र) लगायत दलको समर्थनमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बोहरा राप्रपाबाट स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको थियो । उहाँले गत कात्तिक महिनादेखि कार्यभार सम्हाल्नुभएको थियो । प्रधानमन्त्री देउवाले आज देशवासीका नाम सम्बोधन गर्दै राजीनामा दिएपछि मन्त्री बोहराको पनि आजै मन्त्रालयमा बिदाइ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...