शेरधनले यस्तो बनाए मन्त्रीमण्डल, कहिले हुँदैछ राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन ?



हाम्रो इकोनोमि

प्रदेश १ मा ५ सदस्यीय मन्त्रिपरिषद विस्तार भएको छ ।

मुख्यमन्त्री शेरधन राईको सिफारिसमा प्रदेश प्रमुख गोविन्द सुब्बाले एमालेका हिक्मत कार्कीलाई गृह (आन्तरिक मामिला तथा कानुन), माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अर्थ (आर्थिक मामिला तथा योजना), एमालेका जगदिश कुशियतलाई उद्योग, पर्यटन, वन तथा वातावरण र जीवन घिमिरेलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका हुन् ।

मुख्य मन्त्री र चार जना मन्त्रीले बिहीबार नै सपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्द सुब्बाले सपथ गराएका हुन् ।

निर्वाचन आयोगले थाल्यो राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरु गरेको छ ।

निर्वाचन आयोगले बिहीबार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख पाँच राजनीतिक दलसँग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन संचालन तथा व्यवस्थापनका सम्बन्धनमा औपचारिक छलफल सुरु गरेको हो ।

छलफलमा आयोगले फागुन २१ गते राष्ट्रपति र चैत्र ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने मिति समेत प्रस्ताव गरेको थियो ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा आयोगले आफूहरुसँग छलफल गरेको एमाले नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

संघीय संसद गठनसँगै निर्वाचन आयोगले संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श सुरु गरेको हो ।

चैत्र भित्र सम्पन्न हुनेगरी राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको संचालन र व्यवस्थापनका सम्बन्धमा राजनीतिक दलहरुसँग परामर्श गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपनि त्यसको टुंगो भने सरकारसँग छलफल गरेपछि मात्रै लगाउने तयारी पनि गरेको छ ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसदको गठन भएपछि राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन गर्नुपर्ने हुन्छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरु मतदाता रहनेछन ।

प्रतिक्रिया दिनुहोस
हात्तीको आक्रमणबाट पथलैयामा ट्रक चालकको मृत्यु

    पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले...

मुख्यमन्त्री नियुक्ति विवादले मधेशमा तनाव

    मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदेश प्रमुखको राजीनामा माग्दै मधेश प्रदेश प्रमुख र...

एमालेले बोलायो विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक

    नेकपा एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलाएको छ । प्रतिनिधि सभा...

भीम रावलपनि प्रचण्ड-माधवको नेकपामा विलय हुने

    नेकपा एमालेबाट निष्कासनमा परेपछि बेग्लै राजनीतिक अभियान चलाइरहेका पूर्वउपप्रधानमन्त्री डा. भीम...