प्रधानमन्त्री ओलीलाई सेयर बजारको हरियो झन्डा, सबै समूहमा हरियाली



हाम्रो इकोनोमि

केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको खबरले बजारमा उत्साह थपिएको छ । हिजोसम्म सुस्तता छाएको शेयरबजारमा बाम सरकारको उल्लास बढ्दा नेप्से परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार आएको छ।

नेप्से परिसूचक ३६.०१ अंकले बढेर १४२४.९५ को बिन्दुमा पुगेको छ भने आज एकै दिन ६५ करोडको कारोबार भएको छ। बिहिबारको कारोबारलाई आधार मान्दा शेयरबजारका लगानीकर्ताले बाम सरकारलाई स्वागत गरेको देखिएको छ।

बिहिबार कारोबारमा आएका १६५ कम्पनीका १५ लाख ६ हजार ६३४ शेयरहरुको खरिद बिक्रिबाट ६५ करोड ३३ लाखको कारोबार भएको छ। जसमा सबै भन्दा बढी कुमारी बैंकको कारोबार भएको छ। बुधबार ३८ करोडको कारोबार भएकोमा आज बिहिबार झन्डै दुई गुणाले कारोबार बढेको छ। बिहिबार सबै भन्दा बढी कमाउनेमा श्री इन्भेष्टमेन्ट र अरुण फाइनान्स छन भने गुमाउनेमा एनएमबि सुलभ इन्भेस्टमेन्ट फंद्र सिर्जना फाइनान्स छन।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...