देशै भर सपथ,ओलीले सरकारमा पोखरेल र ज्ञवालीलाई समेट्दै यस्तो बनाउदैछन् मन्त्रिमण्डल



हाम्रो इकोनोमि

माओवादीले केपी ओली सरकारमा भाग नलिने भएपछि एमालेले बिहीबार नै तीन सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी गरेको छ।

बिहीबार नै केपी ओलीले आफूसहित अन्य दुई जना मन्त्री नियुक्त गर्ने भएका छन्। अहिले एमाले बैठकमा कसकसलाई मन्त्री बनाउने भन्नेबारे छलफल भइरहेको छ।
एमालेबाट केपी ओलीसँगै मन्त्री बन्न पाउने भाग्यमानीमा प्रदीप ज्ञवाली र ईश्वर पोखरेल सरकारमा जाने श्रोतको भनाइ छ । पोखरेल उपप्रधान मंत्री बन्ने भएका छन्।

उता प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।

पोखरेलले देश र जनताको नाममा मुख्यमन्त्री पोखरेलले सपथ लिएका हुन् ।
साथै प्रदेश प्रमुख झाल अन्य २ जना मन्त्रीलाई सपथ ग्रहण गराएका छन्।
एमालेका बैजनाथ थारु र माओवादी केन्द्रका कुलप्रसाद केसीलाइ सपथ ग्रहण गराएका हुन् ।
थारुले भौतिक पुर्वाधार बिकास र केसिले आन्तरिक मामिला तथा कानुन मन्त्रिको रुपमा सपथ लिए।
सपथ ग्रहण कार्यक्रम प्रदेश प्रमुख आवास रहेको सडक डिभिजन कार्यालयको परिसरमा राखिएको थियो ।

त्यस्तै प्रदेश नं. २ को मुख्यमन्त्री नियुक्त भएका लालबाबू राउतले सपथग्रहण गरेका छन्।

मुख्यमन्त्री राउतले आफ्नो मातृभाषा भोजपुरीमा सपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालय रहेको जनकपुर चुरोट कारखानाको मैदानमा भएको सपथग्रहण समारोहमा मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले सपथ खुवाएका हुन।

प्रमुख कायस्थले नेपाली भाषामा सपथग्रहण गराउँदा मुख्यमन्त्री राउत आफ्नो मातृभाषा भोजपुरी सपथ ग्रहण गरेका थिए।

प्रदेशसभाको पहिलो बैठकमा हिन्दी बोलेका मो. राउत मुख्यमन्त्री नियुक्त भएसंगै भोजपुरीमा सपथ लिएका छन् भने सम्बोधन नेपाली भाषामा गरेका छन्।

दुई सदस्यी मन्त्रीमण्डल गठन
मुख्यमन्त्रीसंगै विहीवार नै प्रदेश नं. २ मा २ सदस्यीय मन्त्री मण्डल गठन समेत गरिएको छ।

प्रदेश २ मा मुख्यमन्त्री सहित अर्थ तथा वाणिज्य र भौतिक तथा पुर्वाधारमन्त्रीमा नियुक्त गरिएको छ।

अर्थमन्त्रीमा राजपाबाट जितेन्द्र सोनल र भौतिकमन्त्रीमा फोरमबाट विजय यादव मन्त्रीपदमा नियुक्त हुँदै मुख्यमन्त्रीको साथै सपथ समेत लिएका छन्।

तीन मन्त्रीको सपथ तीन भाषामा
प्रदेश-२ मा हिन्दी भाषालाई लिएर विवाद भईरहेको बेला सपथ ग्रहणको मन्त्रीहरुले आ-आफ्नै मातृ भाषामा सपथ लिएका छन्।

मुख्यमन्त्रीले आफ्नो भाषा भोजपुरीमा सपथ लिइ रहेको बेला अर्थमन्त्री जितेन्द्र सोनलले हिन्दी भाषामा सपथ लिए।
यस्तै भौतिकमन्त्री विजय यादवले मैथिलीमा सथप लिएका छन्।

सोनलले मैथिलीमा सपथ लिन शुरु गरेपनि पछि हिन्दी नै बोलेका थिए। पछि तीनै जना मन्त्री लिएको सपथ ग्रहणमा तीन वटा भाषा मिसिएको थियो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...