४१ औ प्रधानमन्त्रीमा ओली यसरी भए नियुक्त,यी हुन् राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेका ओली(जीवनी सहित)



एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रधानमन्त्री पदको दावी पेश गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै राष्ट्रपति भवन पुगेका उनले आफूलाई एमाले र माओवादी केन्द्रको समर्थन रहेको पत्र पेश गरेका हुन्।

‘ओलीले आफूलाई प्रधानमन्त्री बनाउने भनी एमाले स्थायी समितिले गरेको निर्णयसम्बन्धी पत्र पेश गर्नु भएको छ’ राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार माधव शर्माले भने, ‘साथै।, माओवादी केन्द्रका ५३ सांसदको समर्थन रहेको प्रचण्डको पत्र पेश गर्नु भएको छ।’

ओलीले संविधानको धारा ७६ २) अनुसार आफूलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष दावी पेश गरेका हुन्। सो धारामा प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ।

२ सय ७५ सदस्यीय प्रतिनिधि सभामा एमालेका १ सय २१ सदस्य छन् भने माओवादी केन्द्रका ५३ सदस्य छन्।

को हुन् ओली?

४० वर्षदेखि सक्रिय राजनीति गर्दै आएका नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको जन्म २००८ सालमा तेह्रथुमको इवा गाविस २ तीनसल्लेमा भएको हो ।

उहाँको बुबाको नाम मोहनप्रसाद ओली र आमाको नाम मधु हो । तेह्रथुम इवाकै प्रणामी उच्च माध्यमिक विद्यालय ( तत्कालीन प्रणामी प्रावि) बाट पढाइ सुरु गरेका ओलीको परिवार २०२२ सालमा बसाइसराइ गरी झापा झरेको थियो ।

झापा सुरुङ्गाको कन्काइ नदी किनारमा बसोबास गर्ने उहाँको परिवार निकै गरिब थियो । डेढवर्षकै उमेरमा उहाँले आमा गुमाउनुपर्‍यो । उहाँ सानो छँदा कन्काईमा आएको बाढीले घर जग्गा सबै बगायो । त्यसपछि उहाँको परिवार सुकुम्बासी भयो ।

सानैमा आमाको माया गुमाउनुपरेको र सुकुम्बासी तथा गरिब परिवारमा जन्मिएको कारण उहाँको बाल्यकाल निकै कष्टपूर्ण रुपमा बित्यो । हजुरबा र हजुरआमाले ओलीलाई हुर्काउनुभयो, पढाउनुभयो । पढाईको सिलसिलामा झापा आन्दोलनका सहिद रामनाथ दाहालसँग उहाँको भेट भयो । चलाख र राम्रो विद्यार्थी देखेपछि दाहालले ओलीलाई आफ्नै घरमा राखेर पढाउनुभयो । दाहालको प्रेरणाले ओलीमा राजनीतिक झुकाव बढ्दै गयो ।

विद्यार्थी छँदादेखि नै ओली मीठो र प्रष्ट ढंगले बोल्नुहुन्थ्यो । अरुको खुलेर आलोचना पनि गर्नुहुन्थ्यो । एसएलसी सकेपछि ओलीले गाउँकै प्राथमिक विद्यालयमा पढाउन थाल्नुभयो । तर राजनीतिमा सक्रिय हुन थालेपछि पढाउने कामलाई निरन्तरता दिन सक्नुभएन । २०२३ सालदेखि नै राजनीतिमा प्रवेश गरेका ओलीले २०२७ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभयो र त्यही वर्षदेखि भूमिगत हुनुभयो । पञ्चायती शासन बिरोधी आन्दोलनमा लाग्ने क्रममा उहाँ २०२७ सालमा पक्राउ पर्नुभयो र १४ वर्षसम्म निरन्तर जेलमा रहनुभयो । ओली २०२९ सालमा झापा आन्दोलन कमिटीको प्रमुख हुनुभयो । २०४८ सालदेखि उहाँले निरन्तर पार्टीमा स्थायी कमिटी सदस्यको रुपमा काम गर्दै आउनुभयो । २०४८, २०५१ र २०५६ सालको आम निर्वाचनमा झापा ६ बाट निर्वाचित ओली २०६४ सालको संविधानसभा चुनावमा झापा ७ बाट पराजित हुनुभयो । पराजित भएपनि राष्ट्रिय राजनीतिमा उहाँले महत्वपूर्ण भूमिका खेल्दै आउनुभयो । २०७० सालको दोस्रो संविधानसभा चुनावमा विजयी भएपछि त ओली पार्टीको आन्तरिक पदमा हरेकपटक सफल हुँदै आउनुभएको छ । संसदको मङ्सिर २१ मा भएको प्रतिनिधी सभाको चुनाबमा झापा-५ बाट बिजयी बन्नुभयो। संसदीय दलको निर्वाचनमा पार्टी अध्यक्ष झलनाथ खनाललाई पराजित गरेका ओली वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गर्दै पहिलोपटक पार्टी प्रमुख बन्नुभएको हो । आज बसेको एमाले दलको बैठकले उहालाई संसदीय दलको नेता चयन गरेको छ।आजै ४ बजे नेपालको ४१ औ प्रधानमन्त्रीका रुपमा ओलीले सपथ खाने कार्यक्रम छ ।

यसअघि उपप्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्रमन्त्री भैसक्नुभएका ओली हाल एमालेको विदेश विभाग प्रमुख समेत हुनुभयो । पार्टी प्रमुख नहुँदा समेत सदैव चर्चाको केन्द्रमा रहँदै आउनुभएका ओली प्रष्ट बोल्ने र अडान राख्ने नेताको रुपमा परिचित हुनुहुन्छ । मीठो उखानटुक्का प्रयोग गरेर व्यंग्य वाण हान्न खप्पिस ओली पछिल्लो समय एकीकृत माओवादीप्रति धेरै आक्रामक देखिनुहुन्छ । तर विपक्षी नेताहरुले समेत उहाँलाई प्रष्ट र वैचारिक अडान भएका नेताका रुपमा मान्छन् ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री स्वदेश नफर्किँदासम्म रविलाई पक्राउ नगरिने

      प्रहरी स्रोतले पूर्वगृहमन्त्री लामिछानेलाई आजभोलि नै पक्राउ गर्ने सम्भावना नरहेको

दुर्गा प्रसाईको पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

     मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउको विरोधमा आज पनिविरोध प्रदर्शन भएको छ

बालेन प्रवृत्ति निरंकुश भयो, तानाशाह लाद्न खोजियो : अध्यक्ष निरौला

    नेकपा  एमाले काठमाडौंका अध्यक्ष दीपक निरौला बालेनको कार्यशैलीप्रति रुष्ट बन्नु भएको छ

कुलेखानी-सिस्नेरी सडक १२ दिन बन्द

  दक्षिणकाली-छैमले सडक कालोपत्रे गर्नका लागि हेटौँडा-काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी सडक १२ दिन