तीन तहको निर्वाचन हुनु आफ्नो कार्यकालको मुख्य उपलब्धि : प्रधानमन्त्री देउवा



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीन वटै तहका निर्वाचन सफलताका साथ सम्पन्न हुनुलाई आफ्नो कार्यकालको मुख्य उपलब्धि भएको बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट आज देशवासीका नाममा सम्बोधन गर्दै उहाँले स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन सफलताका साथ सम्पन्न गरी प्रदेशसभा र प्रदेश सरकारको गठनसमेत यही अवधिमा भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवका द्रुतमार्ग, बूढीगण्डकी आयोजना, मेलम्ची खानेपानी आयोजना, अन्तर्देशीय प्रसारण लाइन विस्तारमा समेत निकै प्रगति हासिल भएको उल्लेख गर्नुभयो ।

जनताको हितलाई ध्यानमा राखेर छिमेकीसँग समानतामा आधारित परराष्ट्र नीति अवलम्बन गरिएको बताउँदै प्रधानमन्त्री देउवाले स्वदेशी लगानीमा समेत उत्साहजनक रुपमा उल्लेखनीय प्रगति भइरहेको धारणा व्यक्त गर्नुभयो ।

सम्बोधनका क्रममा उहाँले वर्तमान सरकारमा सहभागी भएका र समर्थन गरेका सबै दललाई धन्यवाद दिँदै आजै पदबाट राजीनामा दिने घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...