एमाले–माओवादी एकता आजै घोषणा हुने,ओलीलाई प्रधानमन्त्री बनाउन माधव नेपाल प्रस्तावक



‘विश्वकपतर्फ नेपालको यात्रा’ शीर्षकमा मुख्य समाचार लेखेको नयाँ पत्रिका दैनिकले दुवै पार्टीका अध्यक्ष आलोपालो नयाँ पार्टीको अध्यक्ष र प्रधानमन्त्री हुने लेखेको छ । दुई नेताका समझदारीलाई औपचारिकता दिने गृहकार्यमा एकता संयोजन समिति लागेको समाचारमा उल्लेख छ ।

‘एमाले–माओवादी केन्द्रबीच एकीकरण गर्न गठित पार्टी एकता संयोजन समितिको एकीकृत पार्टीमा केपी ओली र प्रचण्डको संयुक्त नेतृत्व रहने मोडालिटी टुंगो लगाएको छ’, नयाँ पत्रिकाको समाचारमा लेखिएको छ, ‘दुवै अध्यक्षले बैठकको अध्यक्षता र सरकारको नेतृत्व आलोपालो गर्ने मोडालिटी तय भएको छ ।’

नयाँ पत्रिकाका अनुसार आलोपालोको विषय टुंगिए पनि अवधिको विषय टुंगिन बाँकी छ ।

यद्यपि, राजधानी दैनिकले भने फरक दलिल पेस गरेको छ । राजधानीका अनुसार एमाले र माओवादी केन्द्रबचि एकता गर्न बनेको संयोजन समिति बैठक सहमतिनजिक पुगेको तर सरकारको नेतृत्व कसले कति गर्ने भन्ने विषय टुंगिन बाँकी छ ।

समाचार अनुसार बुधबार बसेको संयोजन समितिको बैठकमा कार्यदलका सदस्य चयन र दुई अध्यक्ष कसले कति सरकारको नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुटाउने प्रयास सफल भएन ।

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न एमाले नेता माधव कुमार नेपालले प्रस्ताव गर्ने छन् ।

वाम गठबन्धनले बिहीबार नै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्ने भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।

एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको अन्नपूर्ण पोस्टले लेखेको छ।

 

काठमाडौंमा ७.८ रेक्टरको भूकम्प गए दोब्बर क्षति

कारोबार दैनिकका अनुसार तीन वर्षअघि गोर्खा केन्द्रबिन्दु भएर गएको ७.८ रेक्टर स्केलको भूकम्प दोहोरिए राजधानी काठमाडौंमा मात्रै ७ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको क्षति हुने अध्ययनले देखाएको छ ।

यस्तो भूकम्पले २२ हजारभन्दा बढी मानवीय क्षति हुने सरकारी अध्ययनको दाबी छ ।

सहरी विकास मन्त्रालय अन्तर्गतको भूकम्प विपद् जोखिम मूल्यांकन परियोजनाले जापानी सहयोग नियोग –जाइका) सँग मिलेर गरेको अध्ययन प्रतिवेदनले मध्य नेपालको दक्षिण भागलाई केन्द्रविन्दु बनाएर भूकम्प गए काठमाडौं उपत्यकामा मात्रै २२ हजार १ सय ८० जनाको ज्यान जाने देखाएको समाचारमा उल्लेख छ ।

तीन वर्ष लगाएर गरिएको अध्ययनअनुसार यो क्षमताको भूकम्प दोहोरिए काठमाडौं उपत्यकामा ८६ हजार ८ सय ६० जना घाइते तथा ११ लाख ९६ हजार विस्थापित हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
तराइ मधेश समृद्धि कार्यक्रमका लागि दरबन्दी स्वीकृत, तीनवटा कार्यालय खारेज

    सरकारले तराइ मधेश समृद्धि कार्यक्रमका लागि तीन जनाको दरबन्दी स्वीकृत गरेको

सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

रवि लामिछानेमाथि इजलासमा दुर्व्यवहार भएको छैन : कास्की प्रहरी

    कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

राजनीति नगर्न एनआरएनएलाई प्रधानमन्त्रीको सुझाव

     प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)भित्र राजनीति नगर्न आग्रह गरेका