एमाले स्थायी कमिटीले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गर्यो,ओली सरकारमा समेटिने मन्त्रीको यस्तो बन्यो लिस्ट



हाम्रो इकोनोमि

एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएका छन् । बुधबार आकस्मिक रुपमा बसेको एमाले स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गरिने सचिव गोकर्ण विष्टले बताए ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले सपथ नै लिन बाँकी रहेकाले दलको नेता चुन्न बाँकी छ । तर, एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको नेतृत्वमा बन्ने सरकारको नेतृत्व गर्ने करिब करिब निश्चित भैसकेको छ । सम्भवत् वाम गठबन्धनले ओलीलाई प्रधानमन्त्री बनाउनेगरि आज वा भोलि नै दाबी प्रस्तुत गर्ने बुझिएको छ।

ओली प्रधानमन्त्री बन्ने तयारीमा जुटेसँगै उनी नेतृत्वको मन्त्रिमण्डलमा सवार हुन एमालेका दर्जनौं नेताहरु पार्टीभित्रको शक्तिकेन्द्र धाईरहेका छन् । तर ओली भने मन्त्रीहरु कसलाई बनाउने भन्नेबारे आफूसमक्ष आईपुगेको नामको सुचीमा आधारित रहेर काँटछाँटमा व्यस्त छन् ।

एमाले निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ बाट मन्त्रि बन्न अहिले थुप्रैको नाम चर्चामा रहेको छ । सो अनुसार सचिव समेत रहेका नेता योगेश भट्टराई र पोलिटव्यूरो सदस्य लालबाबु पण्डितको नाम चर्चामा छ । त्यस्तै, मन्त्रीकै लागि ओलीका निकट मानिने नेता भानुभक्त ढकालको पनि नाम चर्चामा छ । राज्यमन्त्रीमा यज्ञराज सुनुवार र पवित्राको पनि नाम अग्रपँक्तिमा छ ।

यता २ नम्बर प्रदेशबाट भने नेता रघुवीर महासेठको मात्रै नाम चर्चामा छ । उनी पनि ओली निकट नेताको रुपमा परिचित छन् ।
त्यस्तै ३ नम्बर प्रदेशबाट महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्नेगरि जाने तयारीमा छन् । त्यस्तै सुरेन्द्र पाण्डे, पार्वत गुरुङको पनि नाम चर्चामा नै छ ।

यता ४ नम्बर प्रदेशबाट नेताहरु खगराज अधिकारी, महिला सांसद पद्मा अर्याल, रविन्द्र अधिकारीको नाम चर्चामा छ ।

५ नम्बर प्रदेशबाट उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, नेता छविलाल विश्वकर्माको नाम चर्चामा छ ।

त्यस्तै ७ नम्बर प्रदेशबाट उपाध्यक्ष भीम रावल उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने चाहनामा छन् । त्यस्तै अर्का सांसद प्रेम बहादुर आलेको पनि मन्त्री बन्ने सूचिमा छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...