एमाले स्थायी कमिटीले ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गर्यो,ओली सरकारमा समेटिने मन्त्रीको यस्तो बन्यो लिस्ट



एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीको उम्मेदवार बन्ने भएका छन् । बुधबार आकस्मिक रुपमा बसेको एमाले स्थायी कमिटी बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परीणाम बुझाए लगतै माओेवादीसँग मिलेर सरकार गठनको दाबी गरिने सचिव गोकर्ण विष्टले बताए ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ विजयी भएका सांसदहरुले सपथ नै लिन बाँकी रहेकाले दलको नेता चुन्न बाँकी छ । तर, एमाले र माओवादी शीर्ष नेतृत्वबीच ओलीको नेतृत्वमा सरकार गठन गर्न दाबी पेश गर्ने सहमति भएको छ ।२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनको नेतृत्वमा बन्ने सरकारको नेतृत्व गर्ने करिब करिब निश्चित भैसकेको छ । सम्भवत् वाम गठबन्धनले ओलीलाई प्रधानमन्त्री बनाउनेगरि आज वा भोलि नै दाबी प्रस्तुत गर्ने बुझिएको छ।

ओली प्रधानमन्त्री बन्ने तयारीमा जुटेसँगै उनी नेतृत्वको मन्त्रिमण्डलमा सवार हुन एमालेका दर्जनौं नेताहरु पार्टीभित्रको शक्तिकेन्द्र धाईरहेका छन् । तर ओली भने मन्त्रीहरु कसलाई बनाउने भन्नेबारे आफूसमक्ष आईपुगेको नामको सुचीमा आधारित रहेर काँटछाँटमा व्यस्त छन् ।

एमाले निकट उच्च स्रोतले दिएको जानकारी अनुसार प्रदेश नम्बर १ बाट मन्त्रि बन्न अहिले थुप्रैको नाम चर्चामा रहेको छ । सो अनुसार सचिव समेत रहेका नेता योगेश भट्टराई र पोलिटव्यूरो सदस्य लालबाबु पण्डितको नाम चर्चामा छ । त्यस्तै, मन्त्रीकै लागि ओलीका निकट मानिने नेता भानुभक्त ढकालको पनि नाम चर्चामा छ । राज्यमन्त्रीमा यज्ञराज सुनुवार र पवित्राको पनि नाम अग्रपँक्तिमा छ ।

यता २ नम्बर प्रदेशबाट भने नेता रघुवीर महासेठको मात्रै नाम चर्चामा छ । उनी पनि ओली निकट नेताको रुपमा परिचित छन् ।
त्यस्तै ३ नम्बर प्रदेशबाट महासचिव ईश्वर पोखरेल उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्नेगरि जाने तयारीमा छन् । त्यस्तै सुरेन्द्र पाण्डे, पार्वत गुरुङको पनि नाम चर्चामा नै छ ।

यता ४ नम्बर प्रदेशबाट नेताहरु खगराज अधिकारी, महिला सांसद पद्मा अर्याल, रविन्द्र अधिकारीको नाम चर्चामा छ ।

५ नम्बर प्रदेशबाट उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, नेता छविलाल विश्वकर्माको नाम चर्चामा छ ।

त्यस्तै ७ नम्बर प्रदेशबाट उपाध्यक्ष भीम रावल उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालय सम्हाल्ने चाहनामा छन् । त्यस्तै अर्का सांसद प्रेम बहादुर आलेको पनि मन्त्री बन्ने सूचिमा छन् ।

प्रतिक्रिया दिनुहोस
पाेखरा विमानस्थलको प्रतिवेदन अधुरो छ : गाेकुल बास्काेटा

    राजेन्द्र लिङदेन नेतृत्वको संसदीय उपसमितिले संसदीय समितिलाई बुझाएको प्रतिवेदनमा उपसमितिकै सदस्य

सहकारी पीडितको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन

    सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार काठमाडौंको माइतीघर

राजावादी एकता : कमल थापा र लिङदेन एकै मञ्चमा

     लामाे समयदेखि दुरीमा रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका

शिक्षक साथीहरू ! खल्तीमा सलाईको बट्टा लिएर हिँड्नेसँग होसियार बन्नुहोस्

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली लेख्नुहुन्छ , शिक्षक आन्दोलन क्रमशः जटिल