नेप्से ८ अंकले बढ्दा ३८ करोड ६४ लाख रुपैयाँको सेयर कारोवार



हाम्रो इकोनोमि

बुधबार शेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ८.६५ अंकले बढेर १३८८.९४ अंकमा पुगेर बन्द भएको छ ।

बुधवार क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.५१ अंकको वृद्धि संगै २९३.५८ अंकमा उक्लिएको छ।

आज १ सय ५५ कम्पनीका नौ लाख ३१ हजार कित्ता शेयर ३८ करोड ६४ लाख रुपैयाँमा खरिद बिक्री भयो। अघिल्लो कारोबार दिन भन्दा कारोबार रकम १४ करोड रुपैयाँ बढी हो। गत सोमबार २४ करोड रुपैयाँको कारोबार भएको थियो। बुधबार सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर पाँच करोड ५० लाख रुपैयाँमा खरिद बिक्री भएको हो।

१० समुहको कारोबारमा सात समूहमा वृद्धि देखिएको छ भने तीन समूह घटेका छन्। बैंक ५.६१, ट्रेडिङ ०.२६, होटल १०.३२, विकास बैंक २.७२, जलाविद्युत १८.२, बीमा १२१.५२ र लघुवित्त २०.५५ अंकले बढेका छन्। फाइनान्स २.७९, उत्पादन मूलक ३.५६ र अन्य १.५४ अंकले घटेका छन्। आरएसडीसी लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...