कांग्रेसको समानुपातिक सूचीबाट दुई जना हटे,निधीकी जेठी सासु यसरी भईन आउट



हाम्रो इकोनोमि

नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिक सांसदको सूची सच्याएको छ।

पाँच वटा राजनीतिक दलले प्रतिनिधिसभा सदस्यको निर्वाचनको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएकोमा तीन दलको सूची गलत भेटिएको थियो। सूचीमा समावेशी समूहको प्राथमिकता क्रम लगायतका आधारमा उम्मेदवार छनोट नभएकाले नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपालाई त्रुटि सच्याउन बुधबारसम्मको समय दिइएको थियो।

काग्रेसले मोहनप्रसाद पाण्डेको नाम हटाई रामबहादुर विष्टको नाम राखेको छ भने दीपशिखा शर्माको नाम हटाई रंगमती शाहीको नाम बुझाएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

नाम थपिएका विष्ट र शाही दुबै पिछडिएका क्षेत्रबाट परेका हुन्। यसअघिको सूचीमा नाम रहेका पाण्डे र शर्मा दुवै खसआर्य कोटामा परेका थिए। शर्मा बिमलेन्द्र निधीकी जेठी सासु हुन्।

कांग्रेसले यसअघिको सूची सच्याएर आजै आयोगमा बुझाउँदैछ। आयोगले दलहरुलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त गरेको समानुपातिक तर्फको सिटअनुसार सूची बुझाउन दोस्रो पटक दिएको समय आज सकिँदैछ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माघ २९ गते बसेको बैठकले समानुपातिक स्थानमा नामावली टुंगो लगाई सोही दिन आयोगमा सूची बुझाएको थियो। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ कांग्रेसले ४० स्थान प्राप्त गरेको छ।

सूची सच्याएपछि कांग्रेसका समानुपातिक सांसद
खस/आर्य (पुरुष) तर्फ:
बालकृष्ण खाँड
दिलेन्द्रप्रसाद बडू
किशोरसिंह राठौर
सत्यनारायण खनाल
सूर्यबहादुर केसी
रामबहादुर विष्ट्

खस/आर्य (महिला)तर्फ:
सुजाता कोइराला
पुष्पा भुसाल
डा डिला संग्रौला
मीना पाण्डे
उमा रेग्मी
रंगमती शाही

आदिवासी/जनजाति (पुरुष)तर्फ:
बहादुरसिंह लामा
कर्मा घले
उमेश श्रेष्ठ
लालकाजी गुरुङ
जिपछिरिङ लामा
दिव्यमणि राजभण्डारी

आदिवासी/जनजाति (महिला)तर्फ:
ज्ञानकुमारी छन्त्याल
प्रमिला राई
महेन्द्रकुमारी लिम्बू
हीरा गुरुङ
मीना सुब्बा

मधेसी (पुरुष)तर्फ:
विनोद चौधरी
स्मृतिनारायण चौधरी
नगेन्द्रकुमार राय

मधेसी (महिला)तर्फ:
सीतादेवी यादव
चित्रलेखा यादव
मीनाक्षी झा

दलित (पुरुष)तर्फ:
मानबहादुर विश्वकर्मा
मीन विश्वकर्मा
प्रकाश रसाइली

दलित (महिला)तर्फ:
सुजाता परियार
लक्ष्मी परियार
विमला नेपाली

थारू (पुरुष)तर्फ:
पद्मनारायण चौधरी

थारु (महिला)तर्फ:
पार्वता डिसी चौधरी
नमिताकुमारी चौधरी

मुस्लिम (पुरुष)तर्फ:
अतहर कमाल मुसलमान

मुस्लिम (महिला)तर्फ:
सर्वतआरा खानम

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...