समीट माइक्रोफाइनान्सको नाफा ८० लाख घट्यो



हाम्रो इकोनोमि

समीट माइक्रोफाइनान्स (SMFDB) को चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा ८० लाख ३५ हजार घटेको छ । लघुवित्तले गत बर्ष दुई करोड ५२ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएकोमा एक करोड ७२ लाख २९ हजार रुपैयाँमा खुम्चिएको हो ।

१० करोड रुपैयाँ चुक्ता पूँजी वृद्धि गरेर १७ करोड रुपैयाँ पुर्याएको लघुवित्तको प्रतिसेयर आम्दानी घटेर २० रुपैयाँ २७ पैसा कायम भएको छ । कम्पनीको जगेडा कोषमा पाँच करोड ६७ लाख ८० हजार रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

निष्कृय कर्जा अनुपात ०.३३ प्रतिशत रहेको लघुवित्तले यस अवधिमा ५३ करोड ७७ लाख रुपैयाँ निक्षेप संकलन गरि एक अर्ब ३३ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट पाँच करोड २२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन गत बर्षको तुलनामा ५२ लाख ६६ हजार कम हो ।

त्यसैगरि सञ्चालन नाफा पनि ३१.८० प्रतिशतले गिरावट आएर दुई करोड ७० लाख रुपैयाँ मात्र आर्जन गरेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...